कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ट्रान्सफरमर खरिद अनियमितामा प्राधिकरणका चार अधिकारी हिरासतमा

काठमाडौं — ट्रान्सफरमर खरिद ठेक्कामा भएको अनियमितता प्रकरणमा नेपाल विद्युत प्राधिकरणका चार अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिरासतमा लिएको छ ।

ट्रान्सफरमर खरिद अनियमितामा प्राधिकरणका चार अधिकारी हिरासतमा

प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु,  तत्कालीन भण्डार प्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेश कुमार कटुवाललाई अनुसन्धानको सिलसिलामा आयोगले हिरासतमा लिएको प्रवक्ता श्रीधर सापकोटाले जानकारी दिए ।
अख्तियार प्रमुखद्वारा कान्तिपुरलाई आभार व्यक्त
यसैबीच अख्तियार प्रमुख लोकमानसिंह कार्कीले कान्तिपुर पब्लिकेसन्सको 'वर्षका १० व्यक्तित्व'मा छानिएकोमा कान्तिपुर पब्लिकेसन्स तथा निर्णायक मण्डलप्रति आभार व्यक्त गरेका छन् ।
कान्तिपुर 'वर्षका दश' व्यक्तित्व छनौटमा उनले प्रशासन/सुरक्षा/न्याय/कुटनीति/संबैधानिक अंगका तर्फबाट सर्वाधिक मत पाएका थिए । ।
'अन्तराष्ट्रिय सामाजिक सञ्जाल, फेसबुक लाइकका माध्यमबाट आह्वान गरिएको मतदान प्रक्रियामा देश विदेशमा रही आयोगको कामलाई प्रत्यक्ष्परोक्ष रूपमा नियालिरहनुभएका साथै भ्रष्टाचार र अनियमितता निर्मुल पार्ने हाम्रो अभियानमा सहकार्य गर्नुहुने मतदानमा सरिक १८८५७ जना व्यक्तिहरु र अन्य शुभचिन्तकहरूले उत्साहका साथ सहभागिता जनाई मलाई 'कान्तिपुर वर्ष' व्यक्तित्वमा छनौट गर्नुभएकोमा मेरो व्यक्तिगत एव आयोगका तर्फबाट हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु,' विज्ञप्तीमा भनिएको छ ।
उनले यसबाट आफूलाई अझ बढी जिम्मेवार र जवाफदेही भई कार्य गर्ने हौसला एवम् प्रेरणा प्राप्त भएको जनाएका छन् ।

प्रकाशित : फाल्गुन ८, २०७० १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?