कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्रिकेट खेलाडीलाई तलब एक साताभित्र

वार्ता टोली र अनुशासन समिति बनाइयो
शरदप्रकाश धिताल

काठमाडौं — नेपाल क्रिकेट संघ क्यानले ६ महिनादेखि रोकिएको क्रिकेट खेलाडीहरुको तलब एक साताभित्र दिने भएको छ ।
क्यानले पत्रकार सम्मेलन गरी नियमित तलब दिन नसकेकोमा क्षमा व्यक्त गर्दै एक साताभित्र दिने जनाएको छ ।

क्रिकेट खेलाडीलाई तलब एक साताभित्र
नेपाल क्रिकेट संघ क्यानले ६ महिनादेखि रोकिएको क्रिकेट खेलाडीहरुको तलब एक साताभित्र दिने भएको छ ।
क्यानले शनिबार पत्रकार सम्मेलन गरी नियमित तलब दिन नसकेकोमा क्षमा व्यक्त गर्दै एक साताभित्र दिने जनाएको छ ।
क्यानका महासचिव अशोकनाथ प्याकुरेलका अनुसार खेलाडीसँग वार्ताका लागि उपाध्यक्ष चतुरबहादुर चन्द संयोजकत्वमा ठाकुरप्रताप थापा र दीपक साउद रहेको वार्ता टोली गठन गरेको जानकारी दिए ।
यस्तै सचिव उत्तम कर्माचार्यको संयोजकत्वमा ठाकुर पहाडी, दीवाकर घले, किरण राना र सन्जीव पाण्डे रहेको अनुशासन समिति गठन गरेको क्यानले जनाएको छ ।
क्यानको व्यवस्थापन फितलो भएको भन्दै राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुले खेल नखेल्ने घोषणा गरेका थिए ।

प्रकाशित : चैत्र २९, २०७० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?