कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुविन लिम्बु बनिन् मिस नेपाल (फोटोफिचर)

काठमाडौ — अध्ययन र कविता लेखनमा रुची राख्ने धरानकी २३ वर्षीय सुविन लिम्बु मिस नेपाल २०१४ घोषित भएकी छन् । मिस नेपाल प्रतिस्पर्धामा सहभागी १८ सुन्दरीलाई पछि पार्दै उनी उत्कृष्ट चुनिएकी हुन् । उनले नगद एक लाख सहित यसै बर्ष आयोजना हुने मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउँनेछिन् ।

सुविन लिम्बु बनिन् मिस नेपाल (फोटोफिचर)
अध्ययन र कविता लेखनमा रुची राख्ने धरानकी २३ वर्षीय सुविन लिम्बु मिस नेपाल २०१४ घोषित भएकी छन् । मिस नेपाल प्रतिस्पर्धामा सहभागी १८ सुन्दरीलाई पछि पार्दै उनी उत्कृष्ट चुनिएकी हुन् । प्रतियोगिताका प्रमुख अतिथि रुक्मांगत कटुवालले सोधेको प्रश्नमा दिएको उत्तरको आधारमा ५ फिट ८ इन्च अग्ली सुन्दरी मिस नेपाल घोषित भएकी हुन् ।
काठमाडौंमा बीबीए अध्ययनरत लिम्बु २०१० मा भएको मिस मंगोलकी फस्ट रनरअप पनि हुन् । उनले नगद एक लाख सहित यसै बर्ष आयोजना हुने मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुने अवसर पाउँनेछिन् ।
प्रतियोगितामा फस्ट रनरअप प्रिन्सा श्रेष्ठ र सेकेण्ड रनरअप सोनी राजभण्डारी घोषित भए । उनीहरुले क्रमशः ६५ हजार र ४० हजार नगदसहित ताज पहिरिए । श्रेष्ठले मिस अर्थ र राजभण्डारीले मिस ईन्टरनेशनलमा सहभागिता जनाउँनेछिन् ।
मिस फोटोजेनिक शितोष्णा वन, मिस ट्यालेन्ट लाक्पा तामाङ, मिस कम्प्लेक्स्न प्रिन्सा श्रेष्ठ, मिस व्युटीफूल हेयर रश्मी अधिकारी घोषित भए ।
सुविनसहित प्रिन्सा, सोनी, आस्था पोखरेल र प्रनयना टप ५ मा छनौट भएका थिए ।














प्रकाशित : वैशाख १९, २०७१ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?