कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लहरो तान्दा पहरो...

एसएलसी पास र फेल भएपछि छुट्टाछुट‍ै नागरिकता
नक्कली बिद्यार्थी भर्ना गराउने प्रधानाध्यापक पक्राउ
देवनारायण साह

सिरहा — जनता उच्च माध्यमिक विद्यालय मौवाहीका प्रधानाध्यापक रामपृत यादवलाई आइतवार बिहान लहानबाट प्रहरीले पक्राउ गरेको छ । नवराजपुर २ घर भएको प्रधानाध्यापक यादवले किर्ते गरी विद्यालर्थीलाई एसएलसी परीक्षा दिलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

लहरो तान्दा पहरो...

प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीका अनुसार प्रधानाध्यापक यादव २०६६ सालमा कार्यरत रहेको तुलसी सत्यभामा डोटेल उच्च माध्यमिक विद्यालय बिष्णुपुरकट्टीमा एक जना विद्यार्थीलाई कीर्ते कागज बनाई एकै पटक कक्षा १० मा भर्ना गराएका थिए ।
प्रधानाध्यापक यादवले २०५८ सालमा सोही विद्यालयबाट एसएलसी परीक्षा दिएर अनुत्तीर्ण धनगढी ३ का पवनकुमार महतोलाई २०६६ सालमा पुन कक्षा १० मा बिनयकुमार महतोको नामबाट भर्ना गराएको पाइएको छ ।
विनय कुमार महतोले कक्षा ९ मा नामांकन गराएको र कक्षा हाजिरी रजिष्टरमा उपस्थिति भएको कुनै तथ्यांक नभएको विद्यालयले पत्र मार्फत जानकारी गराएको प्रहरी उपरीक्षक जोशीले बताए ।
२०५८ सालमा एसएलसी अनुत्तीर्ण भएका महतो २०६७ सालमा विनय कमार महतो नामबाट एसएलसी उत्तीर्ण भएका हुन् ।
एसएलसी अनुत्तीर्ण भएपछि महतोले जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०४० कात्तिक १३ गते जन्म मिति उल्लेख भएको नाबा १२७८/४२६७७ नम्बरको नागरिकता प्रमाण पत्र २०५९ माघ २७ मा लिएका थिए ।
तर एसएलसी उत्तीर्ण भएपछि उनले विनयकुमार महतोको नामबाट सोही जिल्ला प्रशासन कार्यालयबाट जन्म मिति २०५१ चैत्र ५ गते जन्ममिति उल्लेख भएको १५१०२२/१८८१५ नम्बरको दोहोरो नागरिकता २०६८ माघ ११ गते लिएको पाइएको छ । दुबै नागरिकता प्रमाण पत्रमा एकै ब्यक्तिको तस्विर, ठेगाना र बुवाको नाम जलेस्वर महतो नै उल्लेख छ ।
'महतोले पछिल्लो नागरिकता एसएलसी उत्तीर्ण गरेको लब्धांक पत्रको प्रतिलिपी पेश गरेर लिएको देखियो', प्रहरी उपरीक्षक जोशीले भने, 'महतो संगठित अपराध र हातहतियार खरखजाना मुद्दामा पक्राउ परेपछि अनुसन्धानको क्रममा झुठो विवरण उल्लेख गरेर एसएलसी दिएको र दोहोरो नागरिकता समेत लिएको देखियो ।'
महतो र प्रधानाध्यापक यादवलाई जिल्ला प्रहरी कार्यालयको थुनामा राखी थप अनुसन्धान भइरहेको उपरीक्षक जोशीले बताए ।

प्रकाशित : वैशाख २८, २०७१ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?