तत्कालै युद्धविराम गर्न राष्ट्रसंघको आग्रह

इजरायल–प्यालेस्टाइन द्वन्द्व

न्यूयोर्क — संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनलाई तत्कालै र विनाशर्त युद्धविरामका लागि आग्रह गरेको छ । राष्ट्रसङ्घीय सुरक्षा परिषदले युद्धविरामका लागि दुवै पक्षलाई सोमबार आग्रह गरेको हो । इजरालल र प्यालेस्टाइनको सो आक्रमण आज तेस्रो हप्ता प्रवेश गर्नलाग्दा राष्ट्रसंघको यो अपिल आएको छ ।


पन्ध्र सदस्यीय सो परिषदको आइतबार राति बसेको बैठकपछि सोमबार बिहान सो अपिल आएको बताइएको छ । सो परिषद्ले दिनहुँ नागरिकको ज्यानजाने क्रम तत्कालै रोक्नुपर्नेमा पनि जोड दिएको छ ।
परिषदले सो आग्रह गरिरहँदा इजरायलले गरेको उक्त आक्रमणको क्रममा एक हजार भन्दा बढी प्यालेस्टाइनीको ज्यान गएको जानकारी प्यालेस्टाइनले दिएको बताइएको छ ।
प्यालेस्टाइनले दिएको जानकारीअनुसार सो आक्रमणबाट सोमबार सम्ममा एक हजार ३० जनाको ज्यान गइसकेको छ । २४ घन्टे युद्धविरामका लागि दुवै पक्षले प्रस्ताव स्वीकार गरेपनि आक्रमण भने रोकिएको छैन ।
इजरालद्धारा जारी राखिएको आक्रमणको क्रममा गाजा पट्टिमा आइतबार पनि केही प्यालेस्टिनीको मृत्यु भएको समाचार छ । उनीहरुले आक्रमण रोकेका छैनन् ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अधिकारहिरुका अनुसार दक्षिणी गाजा पट्टिको बेई लाहिया सहरमा इजरायली हवाई आक्रमणमा केही युवकको मत्यु भएको बताइएको छ ।
त्यसैगरी दक्षिणी गाजा पट्टिको खानयुनिसमा इजरायलीतर्फबाट भएको गोली प्रहारमा एक १७ वर्षीय युवकको मृत्यु भएको बताइएको छ ।  
गत जुलाई ८ बाट इजरायलले गाजामा आक्रमण सुरु गरेको हो । उसले जारी राखेको आक्रमणका क्रममा एक हजारभन्दा बढी व्यक्तिको मृत्यु हनुको साथै अन्य पाँच हजारभन्दा बढी घाइते भएका छन् ।
यस आक्रामक आक्रमणमा इजरायलका दर्जनौँ सैनिकको पनि मृत्यु भएको अर्काे एक समाचारमा जनाइएको छ ।
सुरक्षा परिषद्ले गाजामा मानवीय सहायताको ठूलो खाँचो रहेको भन्दै त्यहाँ ठूलो सङ्ख्यामा बालबालिका र सर्वसाधारण मारिएको भन्दै विनाशर्त र तत्कालै युद्धविरामका गर्न अपिल गरेको हो ।

राष्ट्रपति ओबामाको अपिल

त्यसैगरी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामाले पनि इजरायललाई तत्कालै युद्धविराम गर्न अपिल गरेका छन् ।
उनले २४ घन्टे युद्धविराम गरेको भनिएको भए पनि सो प्रभावकारी नभएको र नागरिकक हताहत हुने क्रम नरोकिएकोले विनाशर्त र तत्कालै युद्धविराम नै एकमात्र विकल्प रहेको बताउनुभएको हो ।
राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई आइतबार राती टेलिफोन गरी आक्रमण रोक्न र हाल गाजामा भएको आक्रमणको तत्कालै युद्धविराम गर्न आग्रह गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।
इजरायली र प्यालेस्टाइनी नागरिकको दिनप्रतिदिन ज्यान गइरहेको अवस्थाले विश्वव्यापी रुपमा हिंसाको सन्देश दिइरहेको भन्दै आक्रमणबाट समस्यको समाधान नहुने भएकोले आक्रमणको घटनालाई तत्कालै रोक्न उनले अपिल गरेका छन् । रासस/एएफपी      
 

प्रकाशित : श्रावण १२, २०७१ १३:२४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सामान्य विवादमा तेजाव खन्याईयो

हरिहरसिंह राठौर

खलंगा — दुईजना सुन व्यवसायीबीचको विवादमा एक पक्षले तेजाब खन्याएपछि एकजना युवा गम्भीर घाइते भएका छन् । खलंगा-२, ठांटीवजारमा जगत ज्वैलर्सका मालिक जगत सुनारमाथि छिमेकी गहना पसलकै्र कामदार अर्जुन सुनारले अनुहारमा तेजाव खन्याएका हुन् ।


त्यसअघि झगडा परे पछि जगतले मुक्का प्रहार गर्दा अर्जुनको टाउको चोट लागे पछि अस्पतालमा ४ वटा टांका लगाईएको थियो । ठांटी स्थित प्रहरीले दुवै पक्ष लाई वसालेर मिलापत्र गराए पनि आईतवार सांझपख सिमलगैरी स्थित आफनै घर अगाडि मोटर साईकल चढदै गरेको अवस्थामा जगत लाई अर्जुनले तेजाव खन्याई दिएका थिए । तेजावका छिटा परे पछि जगत लगायत वरपर रहेका भाडामा पसल गरि वस्ने अन्य ६ जना पनि सामान्य घाइते छन् ।
गम्भीर घाइते जगत सुनार लाई हेलिकप्टर मार्फत नेपालगंज पुरयाईएकोछ । घाईते जगतको अनुहार र छातीको भागमा तेजाव परेकोछ । तेजाव परेर घाईते दुर्गा श्रेष्ठका दम्पती पनि उपचारार्थ नेपालगंज गएका छन् ।
तेजाव खन्याएर फरार भएका अर्जुनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख चक्रवहादुर सिंहले बताए ।


प्रकाशित : श्रावण १२, २०७१ १३:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT