चुर्लुम्मै डुबे उपत्यकाका सडक (फोटो फिचर)

मर्मतका लागि बजेट छैन : केयूकेएल
दीपेन्द्र विष्ट

काठमाडौं — उपत्यकामा भएको भारी वर्षाले मुख्य तथा शाखा सडकहरु शनिबार चुर्लुम्म डुवेका छन् । सर्वसाधारणका घरभित्र पानी पसेको छ ।
सडकहरु चुर्लम्म डुबेका छन् ।

चुर्लुम्मै डुबे उपत्यकाका सडक (फोटो फिचर)
उपत्यकामा भएको भारी वर्षाले मुख्य तथा शाखा सडकहरु शनिबार चुर्लुम्म डुवेका छन् । सर्वसाधारणका घरभित्र पानी पसेको छ ।
न्युरोड, बनस्थली, दरवारमार्ग, पुतलीसडक, जमल, लैनचौर लगायतका सडकहरु चुर्लम्म डुबेका छन् । बिहीबार, शुक्रबार राति र शनिबार दिउँसोको वषर्ातले राजधानीका सडक चुर्लम्म डुबेका हुन् । तीनकुने क्षेत्रको सडक पुरै डुवानमा परेको थियो ।
डुवानका कारण तीनकुने क्षेत्रको आवागमन करीव एकघण्टा अस्तव्यस्त भएको थियो । तीनकुने क्ष्ाेत्र पुरै तलाउजस्तै भएको थियो । महानगको जुद्धवारुणयन्त्रबाट आएको जेटिङ मेसिनले पानी नियन्त्रणमा लिएको थियो ।


यसरी लामो समयदेखि ढलहरुको मर्मत तथा सम्भार नगर्दा उपत्यकाका अधिकांस सडक पानीपरेपछि तलाउ जस्तै देखिन्छन् । सडक ढलले घरहरु जलमग्न भएका छन् । सानो भर्‍याङका ज्ञानेन्द्र श्रेष्ठले ढलमर्मत नहुँदा सडकको पानी घरभित्र पसेको बताए । 'खोला नै पसलभित्र पस्यो, २६ वटा ढुवानी कम्पनीको समान क्ष्ाति भएको छ', उनले भने, 'वर्षौं अघि निर्माण गरिएका ढल मर्मत हुँदैनन, यो विडम्बना हो । काठमाडौं महानगरपालिका, उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र तीनवटै जिल्लाका सडक डिभिजन कार्यालयहरुले ढल मर्मत तथा सम्भारप्रति चासको लिएका छैनन । केयूकेएलका प्रवक्ता मिलन शाक्यले डिभिजन सडक र महानगरले साइड ड्रेन सफा नगर्दा सडकमा पानी जम्मेको आरोप लगाए । 'मर्मत हामीले पटक-पटक मर्मत गरेकैछौं, अन्य निकायले पनि आफ्नो जिम्मेवारी पूरा गर्नु पर्‍यो,' उनले भने । डुवानमा परेको वेला जेटिङ मेसिन पठाएर सडकको पानी बाहिर निकाल्ने काम गरिरहेको समेत उनले बताए ।


ढलमर्मत तथा सम्भार लागि बाषिर्क चार लाख रुपैयाँ बजेट विनियोजन गरेको भन्दै उनले पर्याप्त बजेट नभएको बताए । 'राणकालीनी ढलहरु छन् बजेट छैन, नयाँ हाल्न पनि ग्राहो, मर्मत पनि राम्ररी गर्न सकिएको छैन' उनले भने । महानगरका अधिकांस वासिन्दाले सडकको घर ढलभित्र पस्दा निकै सास्ती भोग्न परेको छ । सडक विस्तारका क्रममा विस्तारित सडकमा पनि ढलको राम्रो व्यवस्था गरिएको छैन् ।


एउटा निकायले अर्कोलाई आरोप लगाएर पन्छिनेमात्र गरेका छन् । नयाँ बानेश्वर ढल बुद्धनगरमा पस्दा त्यस क्षेत्रका वासिन्दा निकै सास्ती भोग्न परेको छ । बुद्धनगरका स्थानीय नयन सैंजुले सडक विस्तार आयोजनासंग पटक पटक ढलमर्मतको लागि अनुरोध गर्दासमे चासो नगरेको बताए ।
'महानगरलाई भने, सडकलाई देखाउँछ सडकलाई भने, महानगरलाई देखाउँछ ढलले निकै दुःख दिएको छ' उनले भने । महानगरका सूचना अधिकृत महेश काफ्लले ढलमर्मत काम केयूकेएल भएको बताए । 'महानगरसँग बजेट नै छन् हाम्रो जिम्मेवारी पनि होइन, उनले भने, 'ढलमर्मतको जिम्मेवारी महानगरको हो भन्छ भने, कामबाट पन्छिनु हो ।' बरु प्रत्येक वर्ष ढलमर्मत तथा सम्भारका लागि महानगरले केयूकेएललाई चार करोड रुपैयाँ विनियोजन गर्दै आएको उनले बताए । 'जनताको हितका लागि हामीले वजेट विनियोजन गरेका छौं, यसपटक करीव पाँच करोड रुपैयाँ जति छुट्टाएका छौं' उनले भने । सडक डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर जगेन्द्रबहादुर चन्दले आफ्नो जिम्माका सडकमा ढलमर्मत गरेको बताए । 'हाम्रो जिम्मा ३ सय १७ किमि हो, त्यसमध्मे थोरेमामात्र ढल राख्नेकामा हाम्रो हो, साइड डे्रन हामीले समय सयममा मर्मत गरेकै छौं,' उनले भने ।














प्रकाशित : आश्विन ४, २०७१ २०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?