सार्क सम्मेलनका बेला बृद्धबृद्धाले आन्दोलन स्थगित गर्ने

काठमाडौ — ६० वर्ष उमेर पुगेकालाई सार्बजनिक यातायात भाडादर र स्वास्थ्य उपचारमा ५० प्रतिशत छुटको माग गर्दै आन्दोलन गरिरहेका बृद्धबृद्धाले सार्क सम्मेलनको सफलताको कामना गर्दै ६ दिन आन्दोलन स्थगित गर्ने भएका छन् ।

सार्क सम्मेलनका बेला बृद्धबृद्धाले आन्दोलन स्थगित गर्ने

विगत २२ महिनादेखि निरन्तर धर्ना बसिरहँदा पनि सरकारले आफ्ना आवाज नसुनेको उनीहरुको गुनासो छ ।
सरकारले सार्क सम्मेलनका बेला मंसिर १० र ११ मा सार्वजनिक बिदा दिने र सुरक्षाको लागि सडकको दायाँ/वायाँ सुरक्षाकर्मी खटाउने योजना बनाएकाले आफुहरुले समयमै स्थगित गर्ने घोषणा गरेको संयुक्त संघर्ष समितिका अध्यक्ष महाप्रसाद पराजुलीले जानकारी दिए ।

उनीहरुले मंसिर ७ देखि १२ सम्म आन्दोलन स्थगित गर्ने जानकारी सहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रहरी कार्यालय, जिल्ला अदालत र यातायात व्यवस्था विभागलाई बुझाएका छन् ।
 

प्रकाशित : मंसिर १, २०७१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?