प्रदेश संख्यामा मधेसवादी लचिलोः गच्छदार

काठमाडौं — मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले संविधानका विवादित विषयहरुमा संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले छिट्टै साझा धारणा ल्याउने घोषणा गरेका छ ।

प्रदेश संख्यामा मधेसवादी लचिलोः गच्छदार

मधेसी मोर्चाले सहमतिको लागि साझा प्रस्ताव ल्याउन लागेको स्पष्ट पार्दै गच्छदारले अब संविधान निर्माणका हरेक विषयमा मोर्चा एक भएर बढ्ने पनि बताए । उनले प्रदेशको संख्यामा मधेसी दलहरु लचिलो भएर प्रस्तुत हुने संकेत गरे ।
रिपोर्टर्स क्लवको साक्षात्कारमा गच्छदारले मधेसी जनअधिकार फोरम नेपालले ल्याएको मधेसमा एक प्रदेशसहितको ९ प्रदेशको अवधारणा मोर्चाको नभई पार्टीको धारणा भएको बताए । मेचीदेखि चितवनसम्म मधेस, तराई वा मिथिला प्रदेश एक र चितवनदेखि महाकालीसम्म थरुहट वा लुम्बिनी प्रदेश एक गरी मधेसमा दुई प्रदेश हुनुपर्ने धारणा राखे ।
झापा, मोरङ, सुनसरी, चितवन, कैलाली र कञ्चनपुरमको विवाद सहमतिमा समाधान गर्नुपर्ने धारणा राखे ।

 

प्रकाशित : मंसिर १८, २०७१ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?