संविधानसभा अपहरण भयोः भट्टराई

काठमाडौं — एमाओवादी नेता बाबुराम भट्टराईले कांग्रेस, एमालेले संविधानसभाको अपहरण गरी त्यसको हत्या गर्न खोजेको आरोप लगाएका छन् । ‘सत्तापक्षले २०४७ सालको संविधान फेरि ब्युझाउन खोजेका छन्’ उनको भनाइ थियो ।

संविधानसभा अपहरण भयोः भट्टराई
एमाओवादी नेता बाबुराम भट्टराईले कांग्रेस, एमालेले संविधानसभाको अपहरण गरी त्यसको हत्या गर्न खोजेको आरोप लगाएका छन् । ‘सत्तापक्षले २०४७ सालको संविधान फेरि ब्युझाउन खोजेका छन्’ उनको भनाइ थियो, ‘उनीहरुले संविधानसभाको अपहरण गरी वस्तुतः हत्या गरेका छन् ।’ उनले सत्तापक्षले संविधानसभाका नियम, पद्धति मिचेर अघि बढ्न खोजेको बताए ।
भट्टराई काठमाडौंको बिजुलीबजारमा आन्दोलनकारीलाई मंगलबार साझ सम्बोधन गर्दै थिए ।
‘हामीले संविधानसभा र सडकबाट प्रतिवाद गरेका छौं’ उनले भने, ‘यो अँन्दोलन जारी रहनेछ ।’ उनले कांग्रेस, एमालेका कारण पूर्व राजा ज्ञानेन्द्र शाह आउन सक्ने बताए । ‘अहिले हाम्रो आन्दोलनको बिरोध गर्नेहरुले हिन्दूत्वको झण्डा बोके ज्ञानेन्द्र शाह आए के गर्लान् ?’ उनको प्रश्न छ ।
सत्तापक्षको सत्ता कब्जा गरिरहने अवस्थामा विपक्षीले विद्रोहमा उत्रने चेतावनी दिए । ‘नया“ खोलमा सत्ता कब्जा गर्न खोज्ने हो भने यिनका बिरुद्ध बिद्रोह गर्नुपर्छ’ उनको नभाइ थियो, ‘हामीले पहिचानसहितको संघीयताको संविधाधन बनाउन संविधाधनसभा र बाहिर आन्दोलन गरेका छौं ।’
सत्ता पक्षले संविधानसभालाई संसदमा परिणत गर्न खोजेको आरोप समेत लगाए । ‘बिगतका सम्झौता तोडेर संविधानसभाको हत्या गरी थोत्रो संसद हामीलाई मान्य हुनेछैन’ उनले थपे ।
एमाओवादीले सहमति भएका बिषय संघीयता र शासकीय स्वरुपबाहेक अरु बिषय मस्यौदा समितिमा पठाउन समेत नमानेको दाबी गरे । ‘जे जे सहमति भएका छन्, तिनलाई मस्यौदा समितिमा पठाऔ भन्दा मानेनन्’ उनले भने, ‘सहमतिबाट जाने हो भने माघ ८ भित्र मोटामोटी खाका ल्याउन सकिन्छ ।’ उनले संघीयतामा जलप लगाएर बिकेन्द्रिकरण लाद्न खोजेको आरोप समेत लगाए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई, मधेसी मोर्चा संयोजक बिजयकुमार गच्छदारलगायतका नेता संविधानसभा भवनबाट नाराबाजी गर्दै राजधानीको नया“ बानेश्वर बिजुलीबजारमा आन्दोलनकारीसंग मिसिएका थिए ।
त्यहाँ जम्मा भएका आनदोलनकारीलाई सम्बोधन गर्ने भन्दै नेताहरु सभासद्सँग त्यहा पुगेका थिए । त्यहा आन्दोलनकारी र प्रहरीबीच संक्षिप्त भिडन्त भएपछि दाहाल फकिए पनि नेता भट्टराईले सम्बोधन गरे ।

प्रकाशित : माघ ६, २०७१ १९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?