कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

केजरीवालले हजारौं जनताका बिच सपथ लिए

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — विधानसभामा अपार सफलता पाएको आम आदमी पार्टीका नेता अरबिन्द केजरीवालले शनिबार दिल्लीको मुख्यमन्त्री पदमा दोस्रो पटक सपथ लिएका छन् । गतवर्ष ४९ दिन सरकार चलाएर राजीनामा दिएकै दिन उनले रामलिला मैदानमा हजारौ जनताको उपस्थितिमा सपथ लिएका हुन् ।

केजरीवालले हजारौं जनताका बिच सपथ लिए

उपराज्यपाल नजीब जंगले केजरीवाल सहित उनको ६ जना मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । दिल्लीमा भएको चुनावमा कुल ७० सिटमध्ये आम आदमी पार्टीले ६७ सिट ल्याएको छ । यसअघि एक वर्षअगाडि ७ सिट कमी भएर आपले बहुमत पुर्याउन सकेको थिएन ।
सपथ ग्रहण समारोहमा बोल्दै केजरीवालले ५ सालमा दिल्लीलाई भ्रष्टाचारमुक्त राज्य बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले लोकपाल विधेयक पनि छिट्टै पारित गरिने जनाए  । 'म मिडियाका साथीलाई आग्रह गर्न चाहन्छु, कति घण्टामा लोकपाल भन्ने प्रश्न नसोध्नुस,' मिडियाकर्मीलाई लक्षित गर्दै उनले भने-'दिल्लीका जनताले हामीलाई ५ वर्ष दिएका छन् । त्यसलाई घण्टामा तुलाना नगर्नुहोस ।' उनले आफ्नो सम्पूर्ण ध्यान दिल्लीको विकासमा केन्दि्रत रहने बताए ।
उनले 'अहंकार' नगर्न आफ्ना कार्यकर्ता र नेतालाई सचेत  गराए । 'अहांकरकै कारण कांग्रेस र बिजेपीले हार व्यहोर्यो,' उनले भने-'लोकसभाको निर्वाचन लड्ने बेला हामीममा पनि कता कता अहंकार आयो जस्को परिणाम हामीले व्यहोर्यौ ।' उनले आफ्ना कार्यकर्तालाई अनुशासित रहन सचेत गराउँदै कसैले बदमासी गरे कानुनी कारवाही गर्न प्रहरीलाई मञ्चबाटै निर्देशन दिएका थिए ।
 

प्रकाशित : फाल्गुन २, २०७१ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?