कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एमाले नेतृ चौधरीले फिर्ता गरिन् सरकारी सहयोग

'जनताको मिहिनेत जनतालाई दिन चाहन्छु'
कान्तिपुर संवाददाता

काठमाडौं — पहुँचवालाले उपचारका नाममा सरकारी ढिकुटी दुरुपयोग गरेको समाचार आइरहेकाबेला एमाले नेतृ शान्ता चौधरी उदाहरण बनिदिएकी छन् । उनले सुरुमा सरकारले दिएको पाँच लाख सहयोग छुँदै नछोई फिर्ता गर्ने घोषणा गरेकी छन् ।

एमाले नेतृ चौधरीले फिर्ता गरिन् सरकारी सहयोग
पहुँचवालाले उपचारका नाममा सरकारी ढिकुटी दुरुपयोग गरेको समाचार आइरहेकाबेला एमाले नेतृ शान्ता चौधरी उदाहरण बनिदिएकी छन् ।
चार वर्षदेखि नयाँदिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत चौधरीले उपचार खर्चवापत प्राप्त सहयोग धमाधम फिर्ता गर्न थालेकी छन् । उनले सुरुमा सरकारले दिएको पाँच लाख सहयोग छुँदै नछोई फिर्ता गर्ने घोषणा गरेकी छन् ।
एमाले पूर्वसभासद् चौधरीले उपचार खर्चमा धेरै आवश्यक पर्छ कि भनेर सरकारसँग मागे पनि विदेशमा बसेका श्रीमानको कमाइ, एमाले सभासदहरुको सहयोग र प्रवासी एमालेहरुको सहयोग पर्याप्त भएकाले फिर्ता गरेको बताइन् । 'जनताको मिहिनेत जनतालाई दिन चाहन्छु,' उनले भनिन् ।
चौधरीले एमाले सभासदहरुले सामूहिकरुपमा उठाएर दिएको ५ लाख खर्च भएको छ । एमाले निकट प्रवासी मञ्च यूकेबाट आएको ३ लाख ६२ हजार रुपैयाँ पनि उनले नलिने घोषणा गरेकी छन् । प्रवासी मञ्चले चेपाङ महिलाहरुको सहयोगका लागि उठाउँदै गरेको कोषमा नै उक्त रकम फिर्ता दिने उनले बताइन् ।
एमाले सभासदहरुले उठाएर दिएकोमध्ये केही खर्च भएको उनले बताइन् । 'केही खर्च भएको छ,' उनले भनिन्, 'बाँकी के गर्ने भन्ने सल्लाह गर्छु ।'
को हुन् शान्ता ?
शान्ता चौधरीको कथा मुटु कमाउने छ ।
दाङको लक्ष्मीपुर स्थायी घर भएकी चौधरी ८ वर्षदेखि नै कम्लरी बसेकी थिइन् । १८ वर्ष कम्लरी बसेकी शान्ता २०६३ सालमा मुक्त भएकी थिइन् । कम्लरी मुक्त भएपछि सामाजिक अभियन्ता भएकी उनी पहिलो संविधानसभामा एमालेको समानुपाति सभासद् भइन् ।
अक्षर नचिन्ने भएर काठमाडौं आएकी उनले नेपालीमात्र होइन अंग्रेजीसमेत सिकिन् । र, आफ्नो आत्मकथा लेखिन् । गाडी चलाउन सिकिन् ।
शान्तालाई एमालेले प्राकृतिक स्रोत र साधन समितिको सभापति बनाएर पठायो । उक्त समितिले विवादरहीत निर्णय गरेको समितिमा रहेका तत्कालिन कांग्रेस प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताएका थिए ।
दोस्रो संविधानसभा चुनावमा भने शान्ता पराजित भइन् । उनी अहिले क्यान्सरसँग लडिरहेकी छन् ।



प्रकाशित : फाल्गुन १७, २०७१ २१:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?