१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उखुको मुल्य तोक्न संसदीय समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौ — संसदको कृषि तथा जलस्रोत समिति र उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको संयुक्त बैठकले बुधबार यस आर्थिक वर्षका लागि उखुको मुल्य अविलम्ब तोक्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

उखुको मुल्य तोक्न संसदीय समितिको निर्देशन

कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाको सभापतित्वमा बसेको संयुक्त बैठकले उखु र चिया किसानका समस्यामा केन्द्रीत छलफल पछि यस्तो निर्देशन दिएको हो । सरकारले उखुको समर्थन मूल्य समयमै निर्धारण नगर्दा उखु उत्पादक किसान र उद्योगहरू समेत समस्यामा छन् । समितिले उखुको मुल्य निर्धारणका लागि कृषि विकास मन्त्रालद्वारा हरिवावु तिवारीको संयोजकत्वमा गठित उखु तथा चिनीको उत्पादन लागत र मूल्य निर्धारण सम्बन्धी कार्यदलको प्रतिवेदनका सुझावलाई मुल आधार वनाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको निर्देशनमा उखु उत्पादक किसानलाई उपलव्ध गराउने उखु प्रवर्द्धक मुल्य र मूल्य अभिवृद्धि कर वापत फिर्ता हुने प्रतिशतमा समेत पुनर्विचार गर्न अर्थ मन्त्रालयसंग आवश्यक समन्वय गर्न पनि भनिएको छ ।
उखु किसान र उद्योगका समस्याको दीर्घकालिन समाधान खोज्नुपर्ने निस्कर्ष निकाल्दै समितिले उखुको न्यूनतम समर्थन मूल्य तोक्ने विषयलाई आगामी आर्थिक बर्षदेखि कृषि विकास मन्त्रालय र उद्योग मन्त्रालयले समन्वय गरि समयमै सम्बोधन गर्न र दीर्घकालीन रुपमा यसको समाधानका लागि समेत बिद्यमान संयन्त्रलाई प्रभावकारी बनाउन आवश्यक प्रकृया तत्काल अगाडि वढाउन कृषि विकास मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठकले चियासंग सम्वन्धित समस्याहरूवारे उद्योग, बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको संयोजनमा अर्काे सयुंक्त वैठकको आयोजना गर्ने निर्णय पनि गरेको छ । उक्त विषयमा उद्योग मन्त्रालय, बाणिज्य तथा आपुर्ति मन्त्रालय, अर्थ मन्त्रालय, चिया उत्पादक किसान, मजदुर लगायत यससंग सम्बन्धित सरोकारवाला निकायसहितको उपस्थितिमा थप छलफल गर्नुपर्ने संयुक्त बैठकको निस्कर्ष छ ।
 

प्रकाशित : फाल्गुन २१, २०७१ ०४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?