कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

ग्यास भण्डारण गर्ने सरकारी तयारी

२० हजार टन ग्यास धनुषा र काठमाडौंमा राखिने
राजु चौधरी

काठमाडौ — बिगतमा देखिएको ग्यास अभाव हटाउन सरकारले २० हजार टन ग्यास भण्डार गर्ने भएको छ । जाडो महिनामा ग्यासको माग बढ्ने र सोही मौकामा केही व्यवसायीले कालोबजारी गरेर चरम अभाव गराउने प्रवृती बढेकाले सरकार आफै भण्डार गर्न लागेको हो ।

 ग्यास भण्डारण गर्ने सरकारी तयारी
नेपाल आयाल निगमका अनुसार भण्डार काठमाडौ र धनुसा जिल्लाको महेन्द्रनगरमा गरिने छ । यी दुबै ठाउमा १०/१० हजार टन ग्यास राखिने छ । दुइ ठाउको भण्डारबाट १४ लाख सिलिन्डर ग्यास -एक टनमा ७० सिलिन्डर ग्यास) भर्न सकिने छ ।  भण्डारणका लागि अधितम १० कट्टा जग्गा भए पुग्छ । निगमका प्रबक्ता मुुकुन्द घिमिरेका अनुसार महेन्द्रनगरमा निगमको आफ्नै ११ बिग्गा जग्गा छ ।  
यसअघि व्यबस्थापिका संसदको उद्याेग बाणिज्य तथा उपभोत्ता हित सम्बन्ध समितिले पनि ग्यास  सरकारलाई भण्डारणको व्यबस्था गर्न सुझाब दिएको थियो । सभासदहरुले अभाब हुने समयको प्रक्ष्ाेपण गरि भण्डारण गर्नुपर्नेमा सुझाब दिएका थिए । भण्डारका लागि मुख्य सचिव लिलामणी पौडेलले  निर्देशन दिएकाले निगम यसको तयारीमा जुटेको हो । 'ग्यास भण्डार बढाउन करिब डेढ साता अघि मुख्य सचिवबाट निर्देशन पाइसकेका छौ । निर्देशन अनुसार २० हजार टन भण्डार गर्ने तयारी गरीरहेका छौ,' प्रबक्ता घिमिरेले भने । पहिलो चरणमा  महेन्द्रनगरमा बनाइने छ । त्यसपछि उपत्यकामा  भण्डार गर्ने तयारी निगमको छ ।
'महेन्द्रनगरमा निगमको आफ्नै जग्गा छ । भण्डार गर्न जग्गाको समस्या हुर्दैन,' उनले भने, 'दोस्रो चरणमा उपत्यकामा बनाउने छौ ।' उपत्यकामा निगमको आफ्नै जग्गा नभएकाले जग्गाको छनोट पछि निर्माण प्रकि्रया सुरु गर्ने उनले बताए ।  अहिले निजी क्ष्ाेत्रसंग मात्रै ग्यास भण्डारको व्यबस्था छ । नेपाल एलपीजी ग्यास उद्योग संघका अनुसार निजी क्षेत्रका व्यवसायीसग ६ हजार टन भण्डार क्षमता छ । बोटलिङ प्लान्ट र अटो ग्यास सहित ५५ कम्पनी छन ।  
निजी क्षेत्रले कालोबजारीका लागि लुकाउने त्यतिवेला सरकारले बजारमा पुर्याउनका लागि भण्डारण नगरेकाले हरेक जाडो सिजनमा ग्यासको हाहाकार हुने गरेको छ । यो बर्ष पनि ग्यास हाहाकार हुनको कारण सरकारले समयमै भण्डारण गर्न नसक्नु एक कारण थियो । निगमले  पनि  भण्डारणका लागि पुर्वाचार बनाउन नै खर्चिलो हुने भएकाले सरकारले ग्यास मौज्दात राख्न नसकेको बताउदै आएको थियो ।
'ग्यास भण्डारण भए जाडो महिना हुने समस्याबाट केही राहत मिल्ने छ,' उनले भने । आयाल निगमका अनुसार सरकारले पेट्रोल डिजेल, मटिटतेल र हवाई इन्धनको भण्डार गर्छ । निगमसग ४२ हजार किलोलिटरको डिजेल, ६ हजार किलो लिटर पेट्रोल, १५ हजार किलोलिटर मटितेल र ८ हजार  ५ सय किलो लिटर हवाइ इन्धनका लागि भण्डारण क्षमता छ ।  तर ग्यासमा भने भण्डारण गर्ने व्यबस्था नभएको हो ।
सबैभन्दा बढी ग्यास आयात हुने बरौनी नाका मर्मतका लागि बन्द हुदा केही मुलुकमा  ग्यास अभाब हुने गरेको छ । मर्मत सम्भारका लागि जाडो महिनामा नाका केही दिन बन्द हुदा मुलुकमा ग्यासको चरम अभाव देखिएको थियो । मर्मत सम्भारपछि बरोनी नाका सुचारु भएपनि अझैपनि पुर्ण रुपमा ग्यास आपूर्ती सहज हुन सकेको छैन ।
मुलुकमा मुख्यत: बरौनी, हल्दिया, र्कनाल, मुथराबाट ग्यास आयात हुन्छ ।  निगमका अनुसार ती नाकाबाट दैनिक ५० देखी ६० बुलेट ग्यास आयात भएको छ । एक बुलेटमा १८ टन-एक टनमा ७० सिलिन्डर ग्यास) हुन्छ । निगमले आपूर्ति धेरै सहज भएको दाबी गरेपनि बिक्रेताहरुले भने ग्यासको अभाव केही कायम रहेको दाबी गरेका छन । खाना पकाउने ग्यासको अभाव र सरकारले प्रभावकारी अनुगमन गर्न नसक्दा उपभोत्ताले सास्ती खेप्न बाध्य छन ।


 

प्रकाशित : चैत्र ३, २०७१ ०५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?