१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने फ्याकल्टी बोर्डको निर्णय

काठमाडौं — चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्ड बैठकले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ । क्षमता नभएको भन्दै आईओएमले सम्बन्धन नदिने निर्णय गरेको हो ।

नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने फ्याकल्टी बोर्डको निर्णय
चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को फ्याकल्टी बोर्ड बैठकले नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।
नयाँ मेडिकल कलेजलाई नियमन र अनुगमन दिन क्षमता नभएको भन्दै आईओएमले सम्बन्धन नदिने निर्णय गरेको हो । नयाँ निर्णयसँगै मनमोहन मेडिकल कलेज, काठमाडौं नेसनल, पिपुल्स डेन्टल तथा मेडिकल कलेज र नेपाल प्रहरी मेडिकल कलेजको सम्बन्धन पाउने आशामा धक्का लागेको छ ।
नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन त्रिवि कुलपति एवं प्रधानमन्त्री सुशील कोइराला र सहकुलपति शिक्षामन्त्री चित्रलेखा यादव सकारात्मक थिइन् । नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिए अनसन बस्ने चेतावनी प्रा.डा. गोविन्द केसीले दिएका थिए ।





प्रकाशित : चैत्र ५, २०७१ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?