२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

राष्ट्र बैंकका १६ औ गभर्नरमा नेपाल

काठमाडौं — अर्थविद चिरञ्जीवी नेपाल राष्ट्र बैंकको १६ औ गभर्नर नियुक्त भएका छन । पछिल्लो पटक प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका नेपाललाई बिहीबार बसेको मन्त्रीपरिषद वैठकले नियुक्त गरेको हो ।

राष्ट्र बैंकका १६ औ गभर्नरमा नेपाल
राष्ट्र बैंक ऐन अनुसार सिफारिस भएका तीन जनामध्येबाट नेपाल छानिएका हुन् ।
सरकारको आर्थिक सल्लाहकार राष्ट्र बैंकको प्रमुखका रुपमा नोटमा हस्ताक्षर गर्ने नेपाल १७ औं व्यक्ति हुने छन् । लामो समय प्राध्यापन पेशामा संलग्न नेपालले भारतको बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् । उनले त्रिभुवन र काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गरे । अर्थ र परराष्ट्र मन्त्रालयमा सल्लाहकारका रुपमा उनको कार्य अनुभव छ । सेयर बजार नियामक धितोपत्र बोर्डका उनी तेस्रो अध्यक्ष समेत हुन् । २०६४ भदौ देखि ०६५ मंसिरसम्म बोर्डमा काम गर्दा नेपालले बिभिन्न सुधारका काम र कानूनी दायरा फराकिलो बनाएका थिए । पुजी बजारको आधुनिकिकरण र सुधारमा उनले छोटो समयमै ठुलो योगदान दिए । नागरिकताको फोटोकपी जम्मा गरेर प्राथमिक शेयर लिने प्रवृत्ति उनकै पाला देखि निरुत्साहित हुन थालेको हो । जसमा लगानीकर्ताको ठूलो विरोध पनि उनले झेल्नु परेको थियो ।
नेपालसँग नीजि क्षेत्रका प्रतिनिधिमूलक संस्था सँग काम गरेको अनुभव पनि छन् । उनले उद्योग बाणिज्य महासंघ सहित अन्य संस्थाको सल्लाहकारका रुपमा काम गरेको अनुभव पनि छ । पाल्पामा रहँदा नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय नेपाल खुला अर्थतन्त्रको पक्षधर हुन् ।
आफ्ना विचार खुलस्त राख्ने खुबी भएका नेपालले अब मुलुकको अर्थतन्त्रमा योगदान दिने गहन जिम्मेवारी पाएका छन । सँगै वित्तिय क्षेत्रमा स्थायित्व कायम राख्ने र सुधारका काम अघि बढाउने ठुलो जिम्मेवारी पनि छ । त्यसैले केन्दि्रय बैंकमा पहिलो दिनदेखिनै नेपालले थाल्नुपर्ने कामको अभाव छैन ।
 

प्रकाशित : चैत्र ५, २०७१ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?