कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नयाँ वर्षमा बाबुरामकाे नयाँ घाेषणा

आफ्नाे क्षाेत्रलाई नमूना बनाउने नीति तथा कार्यक्रम

काठमाडौ — डा. बाबुराम भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा-१ लाई विकासको नमुना क्षेत्र बनाउने घोषणा गरेका छन् । यसका लागि के-के काम, कसरी गर्ने भन्ने ५ पृष्ठ लामो नीति तथा कार्यक्रम उनले नयाँ वर्षमा गाेरखाबाटै सार्वजनिक गरेका छन् ।

नयाँ वर्षमा बाबुरामकाे नयाँ घाेषणा

पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता
सात बुँदे नीति तथा कार्यक्रमको भूमिकामा उनले नेपालमा पूँजिवादी क्रान्ति सम्पन्न भइसकेकाले अब सबैको ध्यान राजनीतिक भन्दा आर्थिक क्रान्ति र निर्माणमा हुनुपर्ने बताएका छन् ।
नेपालको मध्य क्षेत्रमा पर्ने गोरखाको आफ्नो क्षेत्रलाई नमूना बनाएर अन्य क्षेत्रको पनि त्यसरी नै विकास गर्न सकिने उनको दावी छ । उनले यो कार्यक्रमलाई दूरदृष्टि, ध्येय, लक्ष्य, उद्देश्यमा बाँडेका छन् र यी प्राप्त गर्नका लागि रणनीति, तत्कालीन तथा दीर्घकालीन कार्यनीति पनि अघि सारेका छन् ।
'गोरखा जिल्ला निर्वाचन क्षेत्र नं. १ लाई सामाजिक न्याय सहितको समृद्ध, आत्मनिर्भर र दीगो आर्थिक केन्द्रको रुपमा विकास गर्दै लैजाने' दूरदृष्टि राखिएको कार्यक्रमको ध्येय 'आर्थिक-सामाजिक रुपले पछाडि परेका समुदायको जीवनस्तरमा आमूल परिवर्तन ल्याउन उत्पादनशील रोजगारीमूलक कार्यक्रमलाई बढावा दिने' राखिएको छ । 'क्षेत्रको मानव विकास सूचकांकलाई आगामी ३ वर्षभत्र राष्ट्रिय औसतको स्तरमा ल्याउने' लक्ष्य कार्यक्रममा लिइएको छ । गरिबी हटाउने, ग्रामिण पूर्वाधार, कृषि र स्थानीय सहभागिता मुलका कार्यक्रम सञ्चालन गर्ने बाबुरामको कार्ययोजना छ । चेपाङ समुदायलाई राहत दिनेदेखि त्रीशुलीमा पुल हाल्ने सम्मका कार्यक्रम यसमा समावेश गरिएको छ ।
जिल्ला सदरमुकाममा सभासद्को कार्यालय राख्ने तथा सरोकारवाला समूह र विज्ञ समूह बनाउने पनि कार्यक्रममा उल्लेख गरिएको छ । उनले विज्ञ समूहमा प्रशासनदेखि पर्यटनसम्मका १५ क्षेत्रका १५ जना विज्ञको नाम राखेका छन् । यो समूहमा पूर्वसचिव जनकराज जोशीदेखि उत्तमबाबु श्रेष्ठ र सुनिलबाबु श्रेष्ठ लगायत सामेल छन् । ६ जनाको सल्लाहकार एवं संरक्षक समूह पनि उनले तोकेका छन् । यसमा रामकुमार श्रेष्ठ, अमर तमू, विजय मल्ल, चुडामणि शर्मा कट्टेल, बाबुराम अर्याल र मोहनलाल श्रेष्ठ छन् ।

घैरुङ नमूना गाउँ
यसै क्षेत्रकाे घैरुङ गाउँलाई ३ वर्षभित्रमा नमूना गाउँ बनाउने पनि डा. बाबुरामले घोषणा गरेका छन् । ३ वर्षमा यो गाउँमा शतप्रतिशत साक्षरता, सबै बालबालिका स्कुलमा भर्ना, सबै घरमा धाराको शुद्ध खानेपानी र बिजुलीबत्ती पुर्‍याउने तथा सबै वडामा मोटरबाटो, सबै घरमा टेलिफोन र इन्टरनेट सुविधा र खेलकुद मैदान बनाउने पनि उनको घोषणा छ । गाउँका सबैघरलाई आगलागी मुक्त बनाउने र धुँवामुक्त चुलो प्रयोग गर्ने पनि उनको कार्यक्रममा उल्लेख गरिएको छ ।
उनले टि्वटरबाट नयाँ वर्षकाे शुभकामना पनि घैरुङबाटै दिएका छन् । नयाँ वर्ष मनाउनका लागि त्यहाँ पुगेका उनले मंगलबार बिहानै 'इन्टरनेट राम्ररी नचल्ने गाेरखाकाे एक विकट गाउँ घैरुङबाट नयाँ वर्षकाे शुभकामना' भन्दै टि्वटेका थिए ।
 

 
 
 

प्रकाशित : वैशाख १, २०७२ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?