कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पत्रकार उमासिंहका हत्यारालाई जन्मकैद

श्यामसुन्दर शशि

जनकपुर — सञ्चारकर्मी उमा सिंहको हत्याकाण्डका मुख्य योजनाकार उमेश यादवलाई धनुषा जिल्ला अदालतले जन्मकैद सुनाएको छ ।
जिल्ला न्यायाधीश पुण्यप्रसाद पाठकको इजलासले बुधबार सजाय तोकेको हो ।

पत्रकार उमासिंहका हत्यारालाई जन्मकैद
सञ्चारकर्मी उमा सिंहको हत्याकाण्डका मुख्य योजनाकार उमेश यादवलाई धनुषा जिल्ला अदालतले जन्मकैद सुनाएको छ ।
जिल्ला न्यायाधीश पुण्यप्रसाद पाठकको इजलासले बुधबार सजाय तोकेको हो । यादव पुर्पक्षमा महोत्तरीको जलेश्वर कारागारमा छन् । ज्यान सम्बन्धी महल १३ (४) अनुसार उनलाई सजाय तोकिएको हो । बालाबाखर १ का उनीमाथि भरतपुर ६ का २५ वर्षीय रमेश दाहाल र लक्ष्मीकान्त राय तथा रमदैया ३ का ४५ वर्षीय ट्रक चालक किशोरी यादवको हत्या आरोप पनि छ । स्वामी नामले चिनिने उनलाई ०७० असोजमा कैलालीको सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
जनकपुर टुडे तथा रेडियो टुडेमा कार्यरत उमा सिंहलाई ०६५ पुस २७ मा जनकपुर ब्रहमपुरीस्थित डेरामा धारिलो हतियार प्रयोग गरी निर्मम हत्या गरिएको थियो । हत्या आरोपमा उनकी भाउजु ललिता सिंह र नेमलाल पासमान पनि जलेश्वर कारागारमा छन् ।



प्रकाशित : वैशाख ९, २०७२ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?