कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

छिट्टै संविधान आउँछः पूर्वप्रधानमन्त्री भट्टराई

गोरखाबजार — पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभाबाट छिट्टै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने बताएका छन् । संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास गरेर आजदेखि जनतामाझ लगिएको भन्दै उनले साउनभित्रै नयाँ संविधान जारी हुने बताए ।

 छिट्टै संविधान आउँछः पूर्वप्रधानमन्त्री भट्टराई
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभाबाट छिट्टै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुने बताएका छन् ।
संविधानको प्रारम्भिक मस्यौदा संविधानसभाबाट पास गरेर आजदेखि जनतामाझ लगिएको भन्दै उनले साउनभित्रै नयाँ संविधान जारी हुने बताए ।
ज्येष्ठ नागरिक सङ्घ गोरखाले आज सदरमुकाममा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले भने, 'छिट्टै संविधान जारी हुन्छ, संविधानको मस्यौदा पढेर आफ्ना हक, अधिकार समेटिएको वा छुटेको भए सुझाव दिनुहोला ।'
उनले ज्येष्ठ नागरिकलाई राज्यले संरक्षण दिएर व्यवस्थित ढङ्गले पाल्नुपर्ने बताए । सामाजिक सुरक्षा भत्ता मासिक रु ५०० ले नपुग्ने भन्दै उनले मासिक रु तीन हजार बनाउन आफू लागिपरेको बताए । रासस

प्रकाशित : असार २३, २०७२ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?