कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

कार्यकाल १० महिना

काठमाडौ — राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा आज बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ
राष्ट्रपति डा रामवरण यादवले नवनियुक्त प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई राष्ट्रपति भवन शितलनिवासमा बुधबार बिहान आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन् ।
सो समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, सभामुख सुवास नेम्वाङ, उपप्रधानमन्त्री, संवैधानिक निकायका प्रमुख, पूर्व प्रधानमन्त्री, मन्त्री, मुख्यसचिव, प्रधानसेनापति, सरकारका उच्च अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो ।
मंगलबार प्रधानन्यायाधीश रामकुमारप्रसाद साहको उमेर हद ६५ वर्ष पूरा भई सेवानिवृत भएपछि आज प्रधानन्यायाधीशमा श्रेष्ठको पदबहाली भएको हो ।
संवैधानिक परिषद्ले सिफारिस गरेपछि उनलाई यही असार १४ गते संसदीय सुनुवाइले प्रधानन्यायाधीशमा अनुमोदन गरेको थियो ।
प्रधानन्यायाधीशमा श्रेष्ठको कार्यकाल १० महिना रहनेछ ।
<
को हुन् श्रेष्ठ ?
विसं २००८ वैशाख १ गते बागलुङमा जन्मिएका नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट नेपाली र राजनीतिक शास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् ।
उनले नेदरल्यान्स्को इन्स्टिच्युट अफ सोसल साइन्सेसबाट अन्तर्राष्ट्रिय कानुन तथा विकासमा पोस्ट ग्राजुएट डिप्लोमा गरेका छन् ।
विसं २०३१ मा शाखा अधिकृतका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए भने २०३६ सालमा जिल्ला न्यायाधीश भएका थिए ।
प्रधानन्यायाधीश श्रेष्ठले कानुन तथा न्याय मन्त्रालयका उपसचिव हुँदै २०४२ सालमा जनकपुर अञ्चल अदालतको न्यायाधीश भई कार्यभार सम्हालेका थिए । विभिन्न पुनरावेदन अदालतको न्यायाधीश हुँदै २०६२ सालमा जुम्ला पुनरावेदन अदालतका मुख्य न्यायाधीशमा नियुक्त उनी त्यही वर्षको अन्त्यमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।
तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को मस्यौदा लेखनमा समेत उनी संलग्न थिए । रासस






प्रकाशित : असार २३, २०७२ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?