संवादबाट समाधान खोज: आयोग

काठमाडौ — राष्ट्रिय मानवअधिकार आयोगले संविधानको पछिल्लो मस्यौदामा भएको सहमतिपछि विभिन्न ठाउँमा भएको विरोध प्रदर्शन र झडप रोक्न सरकारलाई आग्रह गरेको छ । समस्याको समाधान वार्ता र संवादबाट थाल्न पनि आयोगले दुवै पक्षलाई भनेको छ ।

संवादबाट समाधान खोज: आयोग

सुर्खेतमा प्रहरीको गोली लागेर मृत्यु र घाइते भएकामा आयोगले दुःख व्यक्त पनि गरेको छ ।
'विरोधका क्रममा प्रदर्शनकारीले सरकारी सवारी साधन, राजनीतिक दलका कार्यालय तथा व्यक्तिगत सम्पत्तिमाथि आगजनी गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको पाइएको छ,' आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'प्रदर्शनलाई थप हिंसात्मक नबनाउन तथा संयमित रहन आयोग प्रहरी, प्रशासन र प्रदर्शनकारीलाई आग्रह गर्दछ ।'
आफ्ना माग शान्तिपूर्ण तरिकाबाट राख्न आयोगले प्रदर्शनकारीहरूलाई भनेको छ ।

 

प्रकाशित : श्रावण २६, २०७२ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?