कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

रहेनन् मदन दीपविम

काठमाडौं — ‘के भूल भयो प्रिया मसँग बोल्दिनौं...’, ‘झस्केर दुख्छ यो मुटु मेरो कसैको यादमा...’, ‘सुरिलो रूख सल्लै हो....’, ‘तिम्रै यादमा कल्पी कल्पी...’ जस्ता सदावहार गीतका संगीतकार मदन दीपविम बस्नेतको अमेरिकामा निधन भएको छ  ।

रहेनन् मदन दीपविम

७० वर्षीय दीपविमको सोमबार बिहान सानम्याटियो अस्पतालमा उनको निधन भएको हो । २८ दिनअघि क्यालिफोर्नियाको एक मन्दिरमा भजन गाएर घर फर्किने क्रममा हृदयाघात भएको थियो ।

मदनका ज्वाइँ सोम सुसेलीका अनुसार दीपविम ७ वर्षदेखि अमेरिकामा थिए । रेडियो नेपालमा वरिष्ठ संगीतकारको रूपमा काम गरेका दीपविमले १५ सयभन्दा बढी गीतमा संगीत दिएका छन् । रेडियो नेपालपछि म्युजिक नेपालमा काम गर्दा गदै उनी अमेरिका गएका थिए । श्रीमती शिवा बस्नेत, छोरी ममता दीपविमसँगै सानफ्रान्सिस्कोमा बस्दै आएका थिए । श्रीमती र छोरी गायन क्षेत्रमै छन् ।

प्रकाशित : वैशाख ११, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?