कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

खल्तीलाई भुक्तानी सेवाको अनुमति

काठमाडौँ — डिजिटल वालेट खल्तीलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको काम गर्ने अनुमतिपत्र प्रदान गरेको छ । खल्तीले दूरसञ्चार सञ्जाल र इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्न अनुमति प्राप्त गरेको हो । 

खल्तीलाई भुक्तानी सेवाको अनुमति

यो अनुमतिपत्रसँगै खल्तीले अब आन्तरिक मनी ट्रान्सफर र अन्य मोबाइल वित्तीय सेवा सञ्चालन गर्न पाउँनेछ । राष्ट्र बैंकको भुक्तानी तथा पर्छ्यौट विनियमावली २०७२ अनुसार खल्तीले अनुमति पत्र पाएको हो ।

डिजिटल वालेटले उपभोक्तालाई आफ्नो रकम डिजिटल स्वरुपमा जम्मा गरी खर्च गर्ने सुविधा दिन्छ । अब खल्तीले सोझै क्रेता र बिक्रेताबीच रकम भुक्तानीको लागि सहजीकरणको काम गर्न सक्छ ।

२०१७ मा स्थापित खल्ती नेपालमा चल्तीमा रहेको डिजिटल भुक्तानी गर्ने सेवा प्रदायक हो । अनुमति पत्र पाएपछि सबै प्रकारका सेवालाई आफ्नो प्रणालीमा ल्याउने खल्तीका प्रबन्ध निर्देशक मनिष मोदीले बताए ।

खल्तीले बैंकिङ पहुँच बाहिर रहेकाहरूलाई पनि डिजिटल प्लेटफर्मममा ल्याउन भूमिका खेल्ने उनले बताए ।

यस्ता भुक्तानी सेवा प्रयोग गरी एक पटकमा ५ हजारसम्म र दैनिक २५ हजार सम्म भुक्तानी गर्न सक्ने प्रावधान राष्ट्र बैंकले लागू गरेको छ । राष्ट्र बैंकले इसेवा, आइएमई पेजस्ता कम्पनीलाई पनि भुक्तानी सेवा प्रदायकको अनुमति पत्र जारी गरिसकेको छ ।

प्रकाशित : वैशाख १३, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?