१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘अठारमुनि अभियान’ सुरु 

काठमाडौँ — मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य सहित अठारमुनि अभियान सुरु गरिएको छ । काठमाडौँका मनोरञ्जन क्षेत्रमा बालबालिकाहरूको प्रयोगलाई निरुत्साहित गर्ने भन्दै इक्वेल एक्सेस नेपालले सामाजिक र व्यवहार परिवर्तनका लागि ६ महिने अभियान सुरु गरेको हो । 

फ्रिडम फन्डको सहयोगमा अभियान सुरु गरिएको हो । फन्डले सन् २०१८मा गरेको एक अध्ययन अनुसार मनोरञ्जन क्षेत्रमा राजधानीमा १८ वर्षभन्दा कम उमेरका बालिकाहरूको सङ्ख्या सयौँ रहेको छ । जस मध्ये ६० प्रतिशत भन्दा बढी बालिकाहरू यौन शोषणको जोखिममा छन् ।


अभियानले मुलुकको मनोरञ्जन क्षेत्रमा बालबालिकाको यौन शोषण रोक्नुपर्ने अत्यावश्यक अवस्थालाई जोड दिने र प्रहरी लगायत सरोकारवालासँग सहकार्य गर्ने बताइएको छ ।

इक्वेल एक्सेस इन्टरनेसनलकी नेपाल प्रतिनिधि विनीता श्रेष्ठका अनुसार काठमाडौँका डान्सबार,मसाज पार्लर,दोहोरी तथा क्याबिन रेस्टुरेन्टमा हुने बालबालिकाको यौन शोषण रोक्नका लागि सबैलाई यस्ता क्रियाकलाप विरुद्ध आवाज उठाउन आहृवान गर्नु अभियानको अर्को उद्देश्य रहेको बताइन् ।

प्रकाशित : वैशाख १९, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?