कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ मा

काठमाडौँ — यस वर्षको अल्फाबिटा अस्ट्रेलियन एजुकेसन फेयर जुलाई २४ गते हुने भएको छ ।  अल्फबिटाका बुद्ध नगरस्थित कार्यालयमा हुने उक्त मेलामा अस्ट्रेलियका २० वटा विश्वविद्यालयका प्रतिनिधिहरुको सहभागी हुनेछ । 

नेपालका लागि अस्ट्रेलियाका राजदूतले उद्घाटन गर्ने मेलामा एकै छानामुनि अस्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरुसँग भेटघाट र परामर्श गर्न सकिने अल्फाबिटाका अध्यक्ष द्धिराज शर्माको भनाई छ ।


मेलामा सहभागी हुने विद्यार्थीहरूलाई थुप्रै सुविधा र उपहारहरु दिइने आयोजकले जनाएको छ । मेला विभिन्न स्टल तथा शैक्षिक कर्जाको बारेमा समेत जानकारी दिइनेछ ।


आईईएलटीएस सुरु नगरेका विद्यार्थीका लागि मेलामै क्लास के कसरी लिने, कसरी परीक्षा दिने भन्ने कुरा जानकारी समेत दिइनेछ । मेलामा विद्यार्थीहरूलाई सम्पूर्ण परामर्श दिइने आयोजकले जनाएको छ । मेलामा बैंकदेखि युनिभर्सिटीसँगको कुराबाहेक हवाई भाडादर बुझ्न सकिन्छ ।

प्रकाशित : श्रावण २, २०७६ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?