२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
हाम्रो नेपालमा

Our-nepal

टिकट लिन युवाको दौडधुप

वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा आकांक्षा राख्दै उम्मेदवारीका लागि युवा पुस्ताको दौडधुप चलेको छ । मुख्य दलका युवा कार्यकर्ता र नेताहरू जिल्लादेखि केन्द्रसम्म टिकट पार्न कसरत गर्दै छन् ।

चैत्र ५, २०७३
चैत्र २, २०७३

गोही संकटमा

चितवन निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रले विभिन्न नदीमा १ हजार २ सय २६ वटा गोही छाडेको छ । गत वर्षसम्म १ हजार ५६ गोही छाडेकामा नदीमा १ सय ९८ वटा मात्र फेला परेका थिए । बाँकी सबै भारतीय नदी क्षेत्रमा पुगेको निकुञ्जले जनायो । यस वर्ष गोही गणना गरिएको छैन ।

गोही संकटमा
फाल्गुन २७, २०७३

नक्कली नागरिकतामा तिब्बतीलाई मुद्दा

जिरी गाविसलाई स्थायी ठेगाना उल्लेख गरी नेपाली नागरिकता लिएकी एक तिब्बती युवतीविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । २६ वर्षीया याङदोङलाई नक्कली नागरिकता र राहदानी बोकेको आरोपमा अध्यागमन विभागले दुई साताअघि काठमाडौंमा पक्राउ गरेको थियो ।

फाल्गुन २५, २०७३

पश्चिमाञ्चल महिला महोत्सव सुरु

पश्चिमाञ्चल महिला महोत्सवको नवौं संस्करण मंगलबारदेखि कुश्मामा सुरु भएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर यहाँको रेडियो दिदीबहिनीले महोत्सवको आयोजना गरेको हो ।

पश्चिमाञ्चल महिला महोत्सव सुरु
फाल्गुन २०, २०७३

सेनेटरी प्याड घरमै

क्याङ ९ खुइँजरीकी १९ वर्षीया देवी पुनलाई महिनावारी हुँदा एउटै समस्याले सताउँथ्यो । गाउँमा खोजेका बेला सेनेटरी प्याड नपाइने । ‘प्याड नभएकै कारण गाउँमा पढ्ने बेलासम्म कति दिन स्कुल छुटाएर बसें,’ उनले भनिन्, ‘गाउँका सबै साथीको समस्या एउटै थियो ।’ महिनावारी हुँदा बग्ने रगत लुकाउन र सरसफाइमा ध्यान दिन नसकेकै कारण अझै पनि धेरै छात्राको स्कुल छुट्ने उनले बताइन् ।

सेनेटरी प्याड घरमै
माघ २७, २०७३

आयोडिनयुक्त नुन सेवन गर्ने बढे

दशक लामो प्रयासपछि मध्य तराईका अधिकांश बासिन्दाले आयोडिनयुक्त नुन खान थालेका छन् । विगतमा चेतना अभावमा खुला तथा ढिके नुन सेवन गर्थे ।