विजिता र लजु पहिलो

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाली विद्यार्थी विजिता पन्थी र लजु श्रेष्ठ ‘पाकिस्तानी राजदूत निबन्ध लेखन तथा वतृत्वकला’ प्रतियोगितामा पहिलो भएका छन् । नेपालस्थित पाकिस्तानी दूतावासले आयोजना गरेको निबन्ध लेखन प्रतियोगितामा पहिलो हुँदै विजिता र लजुले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

दुवै प्रतियोगितामा दोस्रो हुनेले ३०/३० र तेस्रो हुने प्रतिस्पर्धीले २५/२५ हजार हात पारे । दूतावासका अनुसार प्रतियोगितामा दुई सयभन्दा बढी उच्च माध्यमिकदेखि विश्वविद्यालय तहसम्मका नेपाली विद्यार्थीले सहभागिता जनाएका थिए । 

प्रकाशित : वैशाख १३, २०७४ ०७:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भन्सार छल्ने पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौं — भन्सार छली ल्याएको २६ थान आईफोनसहित प्रहरीले २६ वर्षीय राजन भट्टराईलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले सोमबार ठमेलस्थित एक गेस्ट हाउसबाट भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित : वैशाख १३, २०७४ ०७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT