१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बलात्कार घटना र प्रहरी

काठमाडौँ — हामीकहाँ दिनहुँजसो हत्या, बलात्कार तथा लुटपाट वा कुटपिटका घटना भइरहन्छ । खासगरी फितलो कानुन भएका मुलुकमा यस्ता हर्कत बढी हुने हो । विशेषगरी अरब मुलुकमा यस्ता कार्य विरलै सुनिन्छ ।

बलात्कार घटना र प्रहरी

कारण सामान्य फटाइँ गरेमा पनि सजाय हुन्छ भने गम्भीर घटनामा कठोर सजाय अर्थात मृत्युदण्ड वा आजीवन काराबासको सजाय हुन्छ । छिमेकी भारतमै बलात्कार गरी हत्या गरेकाजस्ता गम्भीर घटनामा मृत्युदण्डको सजाय व्यवस्था गरिएको छ । हामीकहाँ पीडितले किटानी जाहेरी गर्दासमेत कतिपय अवस्थामा प्रहरी कार्यालय तथा अन्य न्यायिक निकायमा मिलापत्र हुन्छन् र अपराधीले उन्मुक्ति पाउँछन् । त्रिभुवन विमानस्थलबाट बकाइदा ठूला–साना जहाज चढेर बाहिरेका धेरै छन् । विशेषगरी अति महत्त्वपूर्ण लाग्ने घटनामा कहीं कतैको प्रहरी–प्रशासनमा जाहेरी परेपछि उसको नाममा मुलुकभरका प्रहरी ‘युनिट’मा तत्काल अनेक सञ्चार तथा विद्युतीय माध्यमबाट नाम टिपाउने तथा हुलिया वा थप प्रमाण जुटाउँदै तस्बिरसहित खबर सम्प्रेषण गरेमा कमैमात्र अपराधीले भाग्ने अवसर पाउँछ । इटहरीमा त जनप्रतिनिधिको रोहबरमा मिलापत्र भएको समाचार आएको छ ।

देशमा पछिल्ला तीन घटना चर्चित भएका छन् । दरबारमार्ग, ललितपुर तथा इटहरीमा भएको घटनाले विभिन्न रूप लिएका छन् । जिम्मेवार वा कर्तव्य पुरा गर्नुपर्ने प्रहरी अधिकृतहरू नै आर्थिक लेनदेनको प्रभावमा परेर घटना सामसुम पार्न अघि बढेका समाचार आए । प्रहरी–प्रशासनले अनेक उपाय गरेर, उजुरी परेर अपराधी पक्राउ पर्छ, सामान्य धरौटीमा रिहा हुन्छ वा कतिपयले सफाइ पाउँछ । यस्तै प्रवृत्तिले पनि अपराधीको मनोबल बढेको हो । पीडित अरू पीडत बन्दै गएको हो ।

– श्रीकृष्ण राजवंशी

सुनकोसी–३, सिन्धुली

प्रकाशित : माघ २३, २०७४ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?