कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

मोदीको सन्देश र ओलीको संकेत

काठमाडौँ — माघ २२ गते प्रकाशित गेजा शर्मा वाग्लेको ‘मोदीको सन्देश र ओलीको संकेत’ आलेख पढ्दा केही थप्न मन लाग्यो ।

मोदीको सन्देश र ओलीको संकेत

किनभने मैले बुझेअनुसार आलेखको अन्तरवस्तुमा देशको प्रतिनिधिसभा र प्रदेशसभा समेतको निर्वाचनमा केपी ओलीको राष्ट्रवादी नीति र राष्ट्रियताको सवालमा अडिग भएको कारणले वाम गठबन्धन सफलता हासिल गरी अब सरकारको नेतृत्व पनि केपीले नै गर्दैछन् भने विगत लामो समयसम्म सीमित स्वार्थका मधेसवादी नेताको उक्साहटमा राजनीतिक हस्तक्षेपमात्र नगरी नाकाबन्दी नै गरेर नेपाललाई चरम यातना दिँंदा पनि धैर्यसाथ अर्को मित्रराष्ट्रसँंगको सम्बन्धमा देशमा आवश्यक सामग्रीको कमी हुन नदिएको परिप्रेक्ष्यमा चनाखो भई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदमा नियुक्ति नहुँदै सञ्चार माध्यमका साथै आफ्नो विश्वासपात्र र परराष्ट्र मन्त्रीमार्फत सम्बन्ध सुधारको सन्देश पुर्‍याएको तथ्य सहजै अनुमान गर्न सकिन्छ, यद्यपि भविष्यमा मोदीको नेपालप्रतिको चौतर्फी सम्बन्ध र व्यवहार हेर्न बाँकी छ ।

जहाँसम्म केपी ओलीबाट कूटनीतिक मर्यादाको ख्याल नगरिएको र विना मौसमको भेटघाट गरेको भन्ने सवाल छ, सरकार प्रमुख नबन्दै मित्रराष्ट्रद्वारा प्रस्तुत अग्रिम बधाई र भेटघाटको प्रस्ताव स्वीकार्न कूटनीतिक मर्यादा मिचिएको मानिने र मौसम मिलाउनुपर्ने हो र ? भारतीय नाकाबन्दी र मधेसवादी दलको अमानवीय कार्यले नेपाल र नेपालीमाथि परेको विषम परिस्थितिको मुकाविला गरी सफलता प्राप्त गरेका ओलीले मोदीको बधाई तथा निमन्त्रणा स्वीकार गरी आफूले पनि नेपालमा भ्रमणको निमन्त्रणा दिनुले नेपालकै कूटनीतिक सम्बन्ध, इज्जत र शान बढेको देखिन्छ । त्यसकारण आफैले बिगारेको सम्बन्ध सुधार्न चाहेको बेला ‘शरणको मरण’भन्दा आफ्नो इज्जत र राष्ट्रियताको शान रहने कार्यमा भेटघाट गर्न कस्तो मौसम पर्खनुपर्ला र ? भारतीय प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री पदभार ग्रहण नगर्दै दिइएको अग्रिम बधाई तथा सहकार्यको सन्देशलाई अग्रिम अनुमोदन गर्नु सकारात्मक सम्बन्ध होइन र ? साँच्चिकै मोदीको बधाई र सन्देशलाई सकारात्मक रूपमा अनुमोदन गर्नाले ओलीको मात्र नभई नेपालकै शान रहेको छैन ?

– गंंगाराज अर्याल

पाणिनी–८, पाली, अर्घाखाँची

प्रकाशित : माघ २४, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?