कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कमिला र माहुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेता, जनता हातेमालो गर्नुपर्नेछ
देश निर्माण अभियानमा लाग्नुपर्नेछ

जनताले नेतालाई गाली नगर

आशामाथि तुषारापात नेता नगर

गैँची, बेल्चा उचालेर लागौँ अगाडि

हात बाँधेर बस्यौँ भने पर्छौं पछाडि

गणतन्त्र, लोकतन्त्र त्यसै फल्दैन

श्रम नगरे कोही मुलुक अघि बढ्दैन

समृद्धि र सुन्दरता हो, हाम्रै पौरख

पुर्खाहरूको वीरतामा गरौं गौरव

कमिला र माहुरीसँग सिक्नुपर्छ साथी

स्वर्गजस्तो नेपाललाई उठाउनु छ माथि ।

– कृष्ण कुम्पुरे

धादिङ

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?