ओलीको भोलि

कान्तिपुर संवाददाता

काठमाडौँ — झापा आन्दोलनको हिंसात्मक स्वरूपबाट उदाएका नवनिर्वाचित प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको कामना । सानो माक्र्सवाद अध्ययन मण्डली, नेकपा माले र एमाले हुँदै केपी ओली आज राष्ट्रकै प्रधानमन्त्री तथा पार्टीको पनि सर्वोच्च आसनमा छन् ।

ओलीको भोलि

ओलीले पार्टीको नेतृत्व सम्हालेपछि अपेक्षाकृत एमालेको आन्तरिक विवाद र सामान्य आलोचना पनि सुनिएन । यसरी सफल कार्यकालको ग्यारेन्टी र आफ्नो छविलाई प्रस्तुत गर्न सफल ओलीका आगामी राजनीतिक कसरतबारे विश्लेषण गर्दा निकै चुनौतीपूर्ण देखिएको छ ।


राजनीति भनेकै चुनौती हो । त्यसमा पनि संघीय संरचनाले झन् चुनौती थपेको छ । वाम गठबन्धनमा सत्ता हस्तान्तरण र ‘ओली–प्रचण्ड समीकरण’ पनि चासोको विषय बनेको छ । आफ्ना प्रभावशाली बोलीका कारण क्षमतावान, निडर र ढृढ मानसिकताका नेता मानिने ओलीको यो दोस्रो इनिङ आफैमा विश्लेषणात्मक सन्दर्भ हो । मधेस आन्दोलनको समयमा ‘मधेस विरोधी’ नेताका रूपमा चिनिएका र भारतप्रति निकै असन्तुलित प्रस्तुतिका कारण वाम गठबन्धनले प्रदेश नम्बर २ मा सरकार बनाउन असमर्थ भएको सत्य हो । सत्ता फेरबदलमा असन्तुष्टिले हुन सक्ने असमझदारीले गर्दा कतै ओली र प्रचण्डको भागबन्डा र पार्टी एकीकरण त ओझेलमा पर्ने होइन भन्ने प्रश्न पनि जन्मिएका छन् ।

– ऋतिक यादव

सिम्रौनगढ–१०, बारा

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?