कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

प्रजातन्त्र दिवसको सार्थकता

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रजातन्त्र दिवसको अवसरमा नेताहरू ठूलठूला भाषण गर्छन् । प्रजातन्त्र ल्याउन कति संघर्ष गर्नुपर्‍यो ? कतिले आफ्नो ज्यानको बलिदान दिए । तर नेताहरूले सत्तामा पुगेर भत्ता पचाउन पाएपछि सबै भुले । राजनीति कमाइ खाने भाँडो भएको छ । परिवर्तन धेरै भए ।

खाने मुख, शासन गर्ने हातहरू धेरै परिवर्तन भए । तर देश र जनताको जीवनस्तरमा खासै परिवर्तन आएको छैन । मैले यसो गरँें, उसो गरेंँ भनेर नथाक्ने नेताहरूबाट जनतामा निराशा छाइसक्यो । हैकमवादी सोच नेताहरूमा पलाएको छ । मैले भनेको सबैले मान्नुपर्छ भन्ने सोच छ । हाम्रो विकल्प छैन, जे निर्णय गरे पनि जनताले मान्नुपर्छ भनेर कतिपय गलत निर्णय नेताहरूले गरेका छन् । पञ्चायतकालमा १०५ जनाले देशको शासनसत्ता चलाएका थिए । प्रजातन्त्र आएपछि त्यो पढेर २०५ जनाको हातमा पुग्यो भने गणतन्त्र आएपछि त्यसको संख्या बढेर ६०१ जना पुगे । जब लोकतान्त्रिक संविधान बन्यो, तब त्यसको संख्या बढेर झन्डै १००० पुग्ने अवस्थामा छ । यसबाट जनताको जीवनस्तर अकासिएला त ? देशमा आम्दानीका स्रोत छैनन् । उद्योगधन्दा, कलकारखान केही छैनन् । यतिका धेरै मन्त्री, मुख्य मन्त्रीलाई जनताले कसरी पाल्ने ? यो गम्भीर विषयको उठान कतैबाट कसैले गरेका छैनन् । यसतर्फ ध्यान दिनसक्नु नै प्रजातन्त्रको सार्थकता ठहर्छ ।

– पुरुषोत्तम घिमिरे

जोरपाटी, काठमाडौं

प्रकाशित : फाल्गुन ८, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?