कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तन्त्रले मात्र केही हुँदैन 

कान्तिपुर संवाददाता

काठमाडौँ — सञ्चार माध्यममा सुनेँ आज प्रजातन्त्र दिवस पो रहेछ । अनि आज ठूला दलको ठूला मान्छेहरूले ठाउँ–ठाउँमा प्रजातन्त्रको भाषण दिन्छन् रे भन्ने पनि सुनेँ । मैले वर्षेनि प्रजातन्त्रका ठूला भाषण सुन्दै आएको छु ।

यदि तपाईं मजस्तै विपन्न हुनुहुन्छ भने पक्कै पनि ध्यान दिएर यस्तो भाषण सुनेको हुनुपर्छ । तर मैले त आजसम्म जति नै पढे पनि, जति ठूला नेताका ठूला भाषण र विद्वानहरूको प्रजातन्त्रका अर्थपूर्ण लेखहरू पढे पनि प्रजातन्त्रको अर्थ नै बुझ्नै सकिन । के यस्तै हुन्छ, प्रजातन्त्र ? तन्त्र मात्रै आयो देशमा, तर खै के आयो र पायो अहिलेसम्म आएको तन्त्रमा जनताले ? २००७ मा प्रजातन्त्र चाहियो, त्यो पनि आयो, अनि ०१७ सालमा निर्दलीय व्यवस्था आयो । फेरि ०४७ मा बहुदल चाहियो, आयो । त्यो पनि गएर ०६३ मा गणतन्त्रको माग भयो, त्यो पनि आयो । राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै झेलियो । तर के जनताले परिवर्तनको महसुस गर्न पाए त ?तन्त्रले मात्र देश विकास हुँदैन । सर्वप्रथम मान्छेको मस्तिष्कमा सकारात्मक सन्देश र विचारको सञ्चार हुनुपर्‍यो । यो देशमा कहाँ छ, प्रजातन्त्र ? कहाँ छ, कानुनको शासन ? कहाँ लाग्छ, ठूलाबडालाई कानुन ? कुनै दलको भजनमण्डली नभई बाँच्न पनि मुस्किल भइसक्यो । केही मुठीभर मान्छेले राजनीतिको नाममा फनफनी लाखौं जन्तालाई गुलाम बनाइरहेछ । के यही र यस्तै हुन्छ, प्रजातन्त्र ?


– सन्तोष सिम्खडा

गोरखा

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?