कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

लोकतन्त्रको मर्म

कान्तिपुर संवाददाता

काठमाडौँ — ६७ वर्ष पार गरेको प्रजातन्त्रलाई यो वा त्यो कुनै पनि बहानामा कुनै विदेशी आश्रमसम्म नधकेलियोस् । सर्वसाधारण जनतादेखि नेतागणसम्मले सच्चा र कर्मनिष्ठ सपुत बनी देशको सेवामा आफ्नो समय खर्चिन सकुन् ।

कुनै पनि व्यक्तिगत स्वार्थका लागि नेपाल आमाको अस्मिता र लाखौं सपुतको खुन–पसिनाले प्राप्त प्रजातन्त्रलाई कुनै विदेशी प्रभुको साम्ने नङ्ग्याउने र लिलामी गर्ने काम कसैबाट नहोस्, अनि त्यो चेस्टा गर्नेहरूलाई सम्पूर्ण देशप्रेमी र प्रजातन्त्रप्रेमीले समयमै चिनेर कारबाहीको भागिदार सम्झी कठघरामा उभ्याउने हिम्मत, आँट र ल्याकत राखुन् । सबैले प्रजातन्त्र र प्रजातान्त्रिक अभ्यासको स्वाद एकै किसिमले लिन पाउन् र सकुन् ।


– दिनेश वशिष्ठ भट्टराई

पाँणिनी–५ मैदान, अर्घाखाँची

प्रकाशित : फाल्गुन ९, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?