तटस्थ भूमिका अपेक्षा

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन आएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी २ दिने भ्रमण सकेर फर्किएका छन् । भेटका क्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन अर्थात् ‘सार्क’को सक्रियताका लागि दुई समकक्षीबीच विस्तृत छलफल भएको बुझिएको छ ।

तटस्थ भूमिका अपेक्षा

सार्क राष्ट्रका संस्थापक सदस्य राष्ट्र भारत र पाकिस्तानबीच कास्मिर भूभागका लागि लामो समयदेखिको दुश्मनी व्यवहार देखिएको छ ।


पाकिस्तानले आयोजना गर्ने तय भएको १९ औं शिखर सम्मेलन भारतको अनुपस्थितिका कारण अन्योलमा परेको छ । ३२ वर्षअघि ८ डिसेम्बर, १९८५ मा सार्क राष्ट्रका जनताको जीवनस्तरमा गुणस्तरीय सुधार ल्याउने, एकअर्काको देशमा रहेका समस्यालाई मिलेर समाधान गर्ने, सामाजिक–आर्थिक, सांस्कृतिक र प्राविधिक क्षेत्रको विकासका लागि सहकार्य गर्ने, साझा मुद्दाहरू सम्बोधनका लागि अन्तर्राष्ट्रिय फोरमहरूमा संगठित आवाज पुर्‍याउने लगायतका उद्देश्य राखेर सार्कको स्थापना गरिएको थियो । तर आज सार्क राष्ट्रहरू बीचमै लडाइँ, विभेद, थिचोमिचो र प्रतिशोध देखिन्छ । छिमेकी भएर असल व्यवहार छैन । औपचारिक संस्था सार्कलाई लथालिंग पारिएको छ । नेपालपछि पाकिस्तानमा हुने भनिएको शिखर सम्मेलनको समय करिब साढे एक वर्ष बितिसकेको छ । यस सन्दर्भमा नेपालले भारत वा पाकिस्तान पक्षमा नलागी सार्कको परिकल्पना, मूल्य, मान्यता र उद्देश्य अनुरुप अन्तरदेशीय सहिष्णुता कायम हुनसक्ने व्यवहार प्रदर्शन गरी परिपक्व मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न जरुरी छ ।

– रामबहादुर पुन

जानकी गाउँपालिका–३, बाँके

प्रकाशित : फाल्गुन २३, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?