कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रतिबद्धता गरेको रकम आएन

नवीन रायमाझी

काठमाडौँ — एक वर्षअघि भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा वाचा गरिएको १४ खर्ब रुपियाँ लगानी मध्येको एक पैसा पनि नआएको समाचारले हाम्रो देशको अवस्था कस्तो छ, त्यो छर्लंग हुन्छ ।

प्रतिबद्धता गरेको रकम आएन

व्यापार गरेर मुनाफा गर्ने उद्देश्यले सुरु गरिएका योजनाहरूमा दसांै राजनीतिक दलका मजदुर संगठनहरूका इकाइ गठन गरेर काम नै नगर्ने र त्यसको साथै समय–समयमा चन्दा पनि माग्ने गरिन्छ, अझ टोले गुन्डादेखि बिभिन्न क्लबहरूले माग्ने चन्दा त अल्लग्गै भयो । लगानी गरेपछि मेरो लगानीको सुरक्षा हुन्छ भन्ने अवस्था नभएको हाम्रोजस्तो देशमा कुनै किसिमको वैदेशिक लगानी आउनु भनेको निकै कठिन प्रक्रिया हो । यदि लगानी आकर्षित गर्ने हो भने सरकारले लगानी सुरक्षित हुने वातावरण निर्माण गर्नुपर्छ, यदि यस्तो नहुने हो भने वैदेशिक लगानी आउने कुरा गर्नु नै ब्यर्थ छ ।

– नवीन रायमाझी
संयुक्त राज्य अमेरिका

प्रकाशित : चैत्र २०, २०७४ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?