कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बलात्कार घटनामा वृद्धि

काठमाडौँ — दिनहुँजस्तो बलात्कार र विभिन्न नाममा हुने महिला हिंसाका खबरले पत्रपत्रिकाका पाना रंगिएका हुन्छन् । त्यस्ता घटनासँग सम्बन्धित अपराधीहरू कति पक्राउ पर्छन् र कतिले सजाय पाउँछन् ? त्यो भने घटनाभन्दा निकै कम भएको सुन्नमा आउँछ ।

बलात्कार घटनामा वृद्धि

कानुनका जानकारहरूका अनुसार नेपालको कानुनमा बलात्कारको मुद्दामा अदालतमा बहस गर्ने क्रममा वकिलहरूले यस्ता यस्ता आपत्तिजनक प्रश्नहरू सोध्छन् कि पीडितलाई कानुनी सहायता नै बोझ लाग्न सक्छ । यो कुरामा मलाई किन पनि विश्वास लाग्छ भने करिब १० वर्ष पहिले मेरो घर नजिक एउटा बलात्कारको घटना भएको थियो । त्यसमा पीडित र पीडक दुवै मैले चिनेकाहरू थिए । करिब एक वर्षजति मुद्दा त चल्यो तर पीडकलाई कुनै किसिमको कारबाही भएन र ऊ अहिले पनि टाउको ठाडो पारेर हिंडिरहेको छ । तर पीडितले आजसम्म पनि विभिन्न किसिमका सामाजिक घोचपेच सहनुपर्छ । यस्तो उल्टो चलन भएको समाजमा कानुनले पनि पीडितलाई न्याय दिन नसक्ने हो भने यस्ता बलात्कार र महिला हिंसाका घटना क्रमश: बढेर जाने निश्चित छ । अमेरिकामा बलात्कार र महिला हिंसामा दोषी देखिएमा यति ठूलो सजाय हुन्छ कि त्यस्ता अपराधीहरूको बाँकी जीवन लगभग समाप्त नै हुन्छ । कुनै ठाउँमा घर किन्न लागेमा पनि छिमेकीहरूलाई यस्तो मान्छे तपाईंहरूको छिमेकी बन्दै छ भनेर सरकारले स्थानीयहरूलाई सोध्छ र उनीहरूले स्वीकृति दिएमा मात्र उसले त्यो घर किन्न पाउँछ । यो त एउटा उदाहरण मात्र भयो । त्यस्ता ‘सेक्स अफेन्डर’हरूलाई सामाजिक रूपबाट पनि अस्वीकार गरिने हुनाले यहाँ यस्ता घटनाको दर निकै कम छ । अत: नेपालमा पनि यस्तै कडा कानुन बनाउने बेला भएन र ?
– बनिता थापा
संयुक्त राज्य अमेरिका

प्रकाशित : चैत्र २५, २०७४ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?