कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिन्डिकेटविरुद्धको राम्रो कदम

सरकारले यातायात विरुद्ध चालेको कदम स्वागतयोग्य लाग्यो । लामो समयदेखि देशमा सिन्डिकेटले गर्दा यात्रुहरूले दु:ख पाउनसम्म पाए । चाडपर्व त आउनै नहुने । बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग सिट पनि उही भित्तामा मात्र सीमित । २ जना अट्ने सिटमा ४ जनासम्म कोचेर यात्रा गर्नुपर्ने बाध्यता सबैले भोग्दै आएका छन् ।
३५/४० जनाको बसको सिटमा ६०/७० जनासम्म बोकेका बसहरू पनि धेरै देखिए । सुपर एक्सप्रेसको नाममा भाडा महङ्गो तर बीच–बीचमा यात्रु हाल्ने गरेका छन् । ४/५ घन्टाको बाटोमा ७/८ घन्टा लगाउने गर्दै आएको छ । ‘क्यु’को गाडी कतै ‘रिजर्भ’ पायो भने दौडिने र यात्रुको बिचल्ली पार्ने अहिलेको यातायात व्यवसायीहरूले गर्दै आएका छन् । कति किलोमिटरमा कति भाडा लाग्ने हो, वैज्ञानिक भाडादर छैन । भाडामा एकरूपता छैन । जो अगाडि टिकट लिन आएका हुन्छन्, त्यसलाई सिटको व्यवस्था हुनुपर्ने, तर फोनको भरमा र चाकरीको भरमा ठूलाबडालाई अगाडिको सिट जहिले पनि बुकिङ हुन्छ । सर्वसाधारणले कहिल्यै पनि १,२ नम्बरको सिटमा बस्न पाउँदैनन् । यी यस्ता समस्या हुँदाहुँदै पनि एकलौटी लुट्न पाउनुपर्छ भनेर आन्दोलन घोषणा गर्नु कत्तिको जायज होला ? सरकार अब पछि हट्नु हुँदैन । जुनसुकै चुनौती आए पनि अहिलेको निर्णयलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुस् । जनताको सहयोग जारी रहनेछ ।– जीवन लामागौरीशंकर गापा–४, झ्याँकु, दोलखा ।

सरकारले यातायात विरुद्ध चालेको कदम स्वागतयोग्य लाग्यो । लामो समयदेखि देशमा सिन्डिकेटले गर्दा यात्रुहरूले दु:ख पाउनसम्म पाए । चाडपर्व त आउनै नहुने । बालबालिका, महिला, ज्येष्ठ नागरिक, अपाङ्ग सिट पनि उही भित्तामा मात्र सीमित । २ जना अट्ने सिटमा ४ जनासम्म कोचेर यात्रा गर्नुपर्ने बाध्यता सबैले भोग्दै आएका छन् ।


३५/४० जनाको बसको सिटमा ६०/७० जनासम्म बोकेका बसहरू पनि धेरै देखिए । सुपर एक्सप्रेसको नाममा भाडा महङ्गो तर बीच–बीचमा यात्रु हाल्ने गरेका छन् । ४/५ घन्टाको बाटोमा ७/८ घन्टा लगाउने गर्दै आएको छ । ‘क्यु’को गाडी कतै ‘रिजर्भ’ पायो भने दौडिने र यात्रुको बिचल्ली पार्ने अहिलेको यातायात व्यवसायीहरूले गर्दै आएका छन् । कति किलोमिटरमा कति भाडा लाग्ने हो, वैज्ञानिक भाडादर छैन । भाडामा एकरूपता छैन । जो अगाडि टिकट लिन आएका हुन्छन्, त्यसलाई सिटको व्यवस्था हुनुपर्ने, तर फोनको भरमा र चाकरीको भरमा ठूलाबडालाई अगाडिको सिट जहिले पनि बुकिङ हुन्छ । सर्वसाधारणले कहिल्यै पनि १,२ नम्बरको सिटमा बस्न पाउँदैनन् । यी यस्ता समस्या हुँदाहुँदै पनि एकलौटी लुट्न पाउनुपर्छ भनेर आन्दोलन घोषणा गर्नु कत्तिको जायज होला ? सरकार अब पछि हट्नु हुँदैन । जुनसुकै चुनौती आए पनि अहिलेको निर्णयलाई कार्यान्वयन गर्नेतर्फ लाग्नुस् । जनताको सहयोग जारी रहनेछ ।
– जीवन लामा
गौरीशंकर गापा–४, झ्याँकु, दोलखा

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?