१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौंमा मल कारखाना राम्रो

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको दौरान भारतको रक्सौलबाट काठमाडौंसम्म रेलले जोड्ने सम्झौता भएको छ । यसमा धेरै तर्कवितर्क आइरहेका छन् । राजधानीलाई रेल यातायातबाट जोड्नु राम्रो हो । तर अहिले काठमाडौंसंँग जोड्ने धेरै विकल्प आइसकेका छन्, त्यसमध्ये फाष्ट ट्रयाकको निर्माणपछि यसले धेरै सुविधा र सरलता पैदा गर्नेछ । उपत्यकामा तीव्र रूपमा बढिरहेको जनघनत्वको कारणले जग्गाको अभावले रेलवे लाइन र स्टेसनका लागि उपयुक्त जग्गाको पनि कमी हुनसक्छ । अहिलेको सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रालागि मल कारखाना थियो । उक्त मल कारखाना हामीले भारतको सहयोगमा निर्माण गर्न अनुरोध गरौं । कृषिमा आत्मनिर्भर भएर खाद्यान्न निकासी गर्न पहिलो बाधा नेपालमा अहिलेसम्म पनि बन्न नसकेको मल कारखाना निर्माण नहुनु पनि हो । बिजुली निकै चाहिने मल कारखानामा अब विद्युत शक्ति पनि प्रचुर मात्रमा उत्पादन भइरहेको छ । पञ्चायती व्यवस्थामा पनि मल कारखानाको कुरा आउंँदा विद्युतको अभावको कुरा आउँथ्यो । कृषकहरूले समयमा मल नपाउने पाए पनि महंँगो र स्तरहीन भएर कृषकहरू जहिले पनि मारमा पर्दै आएका छन् । यसतर्फ सरकारले गम्भीरतापूर्वक सोचोस् । मल कारखानापछि सिंचाइ र नदीको तटबन्धनमा भारतीय सहयोग लिनसक्ता पनि नेपाललाई धेरै फाइदा हुनेछ । कृषकका उत्पादनहरू भारत सरकारले बिभिन्न बाधा–अड्चन खडा गरेर निकासीमा बाधा पारिरहन्छ । यसबाट पनि नेपालको व्यापार घाटा प्रत्येक वर्ष बढिरहेको छ । यसतर्फ भारतसंँग गम्भीरतापूर्वक वार्ता गरौं । कृषि, सिंचाइ र विद्युतमा मात्र प्राथमिकतासाथ लगानी गर्नसके यसबाट चल्ने बिभिन्न किसिमका कृषि व्यवसाय तथा उद्योगहरूबाट धेरै कृषक तथा युवाले आफ्नो परिश्रमको फल पाउने थिए । रेल यातायातबाट नेपालीभन्दा भारतीय व्यापारीलाई फाइदा पुग्ने भएकाले भारतले अनुदानमा आफै निर्माण गरिदिन्छ भने त्यसलाई स्वागत गरौं । अन्यथ यसलाई प्राथमिकतामा राख्नुभन्दा मल कारखाना र सिंचाइमा जोड दिउँm, नेपालको भलो यसैमा छ ।– पूर्ण ओलीक्विन्सल्यान्ड, अस्ट्रेलिया ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको दौरान भारतको रक्सौलबाट काठमाडौंसम्म रेलले जोड्ने सम्झौता भएको छ । यसमा धेरै तर्कवितर्क आइरहेका छन् । राजधानीलाई रेल यातायातबाट जोड्नु राम्रो हो । तर अहिले काठमाडौंसंँग जोड्ने धेरै विकल्प आइसकेका छन्, त्यसमध्ये फाष्ट ट्रयाकको निर्माणपछि यसले धेरै सुविधा र सरलता पैदा गर्नेछ । उपत्यकामा तीव्र रूपमा बढिरहेको जनघनत्वको कारणले जग्गाको अभावले रेलवे लाइन र स्टेसनका लागि उपयुक्त जग्गाको पनि कमी हुनसक्छ । अहिलेको सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रालागि मल कारखाना थियो । उक्त मल कारखाना हामीले भारतको सहयोगमा निर्माण गर्न अनुरोध गरौं । कृषिमा आत्मनिर्भर भएर खाद्यान्न निकासी गर्न पहिलो बाधा नेपालमा अहिलेसम्म पनि बन्न नसकेको मल कारखाना निर्माण नहुनु पनि हो । बिजुली निकै चाहिने मल कारखानामा अब विद्युत शक्ति पनि प्रचुर मात्रमा उत्पादन भइरहेको छ । पञ्चायती व्यवस्थामा पनि मल कारखानाको कुरा आउंँदा विद्युतको अभावको कुरा आउँथ्यो । कृषकहरूले समयमा मल नपाउने पाए पनि महंँगो र स्तरहीन भएर कृषकहरू जहिले पनि मारमा पर्दै आएका छन् । यसतर्फ सरकारले गम्भीरतापूर्वक सोचोस् । मल कारखानापछि सिंचाइ र नदीको तटबन्धनमा भारतीय सहयोग लिनसक्ता पनि नेपाललाई धेरै फाइदा हुनेछ । कृषकका उत्पादनहरू भारत सरकारले बिभिन्न बाधा–अड्चन खडा गरेर निकासीमा बाधा पारिरहन्छ । यसबाट पनि नेपालको व्यापार घाटा प्रत्येक वर्ष बढिरहेको छ । यसतर्फ भारतसंँग गम्भीरतापूर्वक वार्ता गरौं । कृषि, सिंचाइ र विद्युतमा मात्र प्राथमिकतासाथ लगानी गर्नसके यसबाट चल्ने बिभिन्न किसिमका कृषि व्यवसाय तथा उद्योगहरूबाट धेरै कृषक तथा युवाले आफ्नो परिश्रमको फल पाउने थिए । रेल यातायातबाट नेपालीभन्दा भारतीय व्यापारीलाई फाइदा पुग्ने भएकाले भारतले अनुदानमा आफै निर्माण गरिदिन्छ भने त्यसलाई स्वागत गरौं । अन्यथ यसलाई प्राथमिकतामा राख्नुभन्दा मल कारखाना र सिंचाइमा जोड दिउँm, नेपालको भलो यसैमा छ ।
– पूर्ण ओली
क्विन्सल्यान्ड, अस्ट्रेलिया

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?