२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

घेराबन्दीमा संस्कृत भाषा

मनिषा पौडेलद्वारा रचित मंगलबारको ‘संस्कृतको धरातल’ लेख पढेपछि पहिले आफैंलाई अनि चारैतिर दृष्टि फैलाउन मन लाग्यो । सोच्दै जाँदा भाषा विवादले संकटग्रस्त बनेको हाम्रो समाज दिन–प्रतिदिन ‘कुहिराको काग’ बन्दै गएको निष्कर्ष निकाल्न सकिन्छ । किनभने पौराणिक कालदेखि संस्कृत भाषा र पूर्वीय संस्कारमा हुर्किएका हामी यसलाई मृत्युशैयामा पुर्‍याइएपछि धरातल भासिने सन्त्रासमा बाँच्न बाध्य छौं । ‘संस्कृत बचाऊ’का अभियन्ताहरूले गुहार माग्न थालेको पनि लामो समय भइसक्यो । तर संस्कृत भाषाप्रति संवेदनहीन बन्दै शासक वर्ग कानमा तेल हालेर बसेको छ ।
अंग्रेजी भाषालाई सर्वस्व ठान्दै यसको गीत गाउन तल्लीन देखिएको छ । उता पश्चिमी संसारमा भने संस्कृतको मर्म, महत्त्व र उपादेयताबारे गहन अध्ययन गर्ने भाषाविद्हरू यसको गुणगान गाएर थाकेका देखिंँदैनन् । एकातिर क्राउस, इरेक भि.गुनेमार्क, क्लिन्टन, रविन्सनजस्ता भाषा वैज्ञानिकहरू विश्वमा अस्तित्व बनाएका ६–७ हजार भाषामध्ये अधिकांशको विकास संस्कृतबाट भएको यथार्थ बताइरहेका छन् भने अर्कोतिर अमेरिका, जर्मनी, बेलायतका अधिकांश उत्कृष्ट विश्वविद्यालयहरूमा संस्कृत भाषाको पढाइ हुने गरेको सन्दर्भले यसको आकर्षण विकसित संसारमा दिन–प्रतिदिन बढिरहेको कुरा बुझ्न सकिन्छ । त्यस बाहेक संस्कृत भाषामा लेखिएको विश्वको सबैभन्दा ठूलो ग्रन्थ ‘वेद’को माध्यमबाट युद्धकला, चिकित्सा विज्ञान, संगीत, नृत्य, गणितीय विज्ञानजस्ता महत्त्वपूर्ण विषयहरूको विकास भएको कुरा पनि अविस्मरणीय बनेको छ । नेपाल बाहिर संस्कृत भाषाको योगदानबारे यावत सन्दर्भ केलाउँदा अब विलम्ब नगरी नेपालका प्रत्येक शिक्षण संस्थामा यसको पठनपाठन हुने व्यवस्था मिलाउनु अपरिहार्य देखिन्छ । – डा. भुवनेश्वर शर्माचन्द्रागिरि–२, काठमाडौं ।

मनिषा पौडेलद्वारा रचित मंगलबारको ‘संस्कृतको धरातल’ लेख पढेपछि पहिले आफैंलाई अनि चारैतिर दृष्टि फैलाउन मन लाग्यो । सोच्दै जाँदा भाषा विवादले संकटग्रस्त बनेको हाम्रो समाज दिन–प्रतिदिन ‘कुहिराको काग’ बन्दै गएको निष्कर्ष निकाल्न सकिन्छ । किनभने पौराणिक कालदेखि संस्कृत भाषा र पूर्वीय संस्कारमा हुर्किएका हामी यसलाई मृत्युशैयामा पुर्‍याइएपछि धरातल भासिने सन्त्रासमा बाँच्न बाध्य छौं । ‘संस्कृत बचाऊ’का अभियन्ताहरूले गुहार माग्न थालेको पनि लामो समय भइसक्यो । तर संस्कृत भाषाप्रति संवेदनहीन बन्दै शासक वर्ग कानमा तेल हालेर बसेको छ ।


अंग्रेजी भाषालाई सर्वस्व ठान्दै यसको गीत गाउन तल्लीन देखिएको छ । उता पश्चिमी संसारमा भने संस्कृतको मर्म, महत्त्व र उपादेयताबारे गहन अध्ययन गर्ने भाषाविद्हरू यसको गुणगान गाएर थाकेका देखिंँदैनन् । एकातिर क्राउस, इरेक भि.गुनेमार्क, क्लिन्टन, रविन्सनजस्ता भाषा वैज्ञानिकहरू विश्वमा अस्तित्व बनाएका ६–७ हजार भाषामध्ये अधिकांशको विकास संस्कृतबाट भएको यथार्थ बताइरहेका छन् भने अर्कोतिर अमेरिका, जर्मनी, बेलायतका अधिकांश उत्कृष्ट विश्वविद्यालयहरूमा संस्कृत भाषाको पढाइ हुने गरेको सन्दर्भले यसको आकर्षण विकसित संसारमा दिन–प्रतिदिन बढिरहेको कुरा बुझ्न सकिन्छ । त्यस बाहेक संस्कृत भाषामा लेखिएको विश्वको सबैभन्दा ठूलो ग्रन्थ ‘वेद’को माध्यमबाट युद्धकला, चिकित्सा विज्ञान, संगीत, नृत्य, गणितीय विज्ञानजस्ता महत्त्वपूर्ण विषयहरूको विकास भएको कुरा पनि अविस्मरणीय बनेको छ । नेपाल बाहिर संस्कृत भाषाको योगदानबारे यावत सन्दर्भ केलाउँदा अब विलम्ब नगरी नेपालका प्रत्येक शिक्षण संस्थामा यसको पठनपाठन हुने व्यवस्था मिलाउनु अपरिहार्य देखिन्छ ।
– डा. भुवनेश्वर शर्मा
चन्द्रागिरि–२, काठमाडौं

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?