कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विद्यालय व्यवस्थापन समिति

यातायातमा देखिएको सिन्डिकेट प्रथा सरकारले खारेज नै गर्‍यो । त्यसैगरी सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा गठन हुने विद्यालय व्यवस्थापन समितिमा निकै विकृति देखिएको छ । सामुदायिक विद्यालयको हकहित तथा रेखदेख गर्नुको सट्टा विद्यालयलाई नै धरापमा पार्ने काम भइरहेको छ । विद्यालयको सम्पत्ति हिनामिना भएको छ । विद्यालयको अवस्था जर्जर बन्दै गइरहेको छ । समितिमा बस्न तँछाड–मछाड गर्ने गरेका छन् । कुटाकुट गरेका छन् । हिंसात्मक घटना भएको छ । समितिमा आआफ्नो मानिसलाई राख्न ठूलै चलखेल हुने गरेको छ । तर विद्यालयको पठन–पाठनको अवस्था नाजुक बन्दै जाँदा पनि कुनै पनि समितिका पदाधिकारीहरूले पहल गर्नसकेका छैनन् । निजी विद्यालयहरूसंँग प्रतिस्पर्धा गर्नसकेका छैनन् । सामुदायिक विद्यालयमा पढाउन चौतर्फी आवाज उठे तापनि सामुदायिक विद्यालयको अवस्था देखेर कुनै पनि अभिभावकले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न चाहँदैनन् । त्यसकारण विद्यायल सुधार गर्न विद्यालय व्यवस्थापन समितिलाई भंग गरी शिक्षा कार्यालय वा स्थानीय सरकारको मातहतबाट रेखदेख गर्दा विद्यालयले पूर्ण जीवन पाउने सुनिश्चित हुनेछ । – प्रमोद पौडेलश्रीपुर–११, वीरगन्ज ।

यातायातमा देखिएको सिन्डिकेट प्रथा सरकारले खारेज नै गर्‍यो । त्यसैगरी सामुदायिक विद्यालयको सञ्चालन, रेखदेख र व्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा गठन हुने विद्यालय व्यवस्थापन समितिमा निकै विकृति देखिएको छ । सामुदायिक विद्यालयको हकहित तथा रेखदेख गर्नुको सट्टा विद्यालयलाई नै धरापमा पार्ने काम भइरहेको छ । विद्यालयको सम्पत्ति हिनामिना भएको छ । विद्यालयको अवस्था जर्जर बन्दै गइरहेको छ । समितिमा बस्न तँछाड–मछाड गर्ने गरेका छन् । कुटाकुट गरेका छन् । हिंसात्मक घटना भएको छ । समितिमा आआफ्नो मानिसलाई राख्न ठूलै चलखेल हुने गरेको छ । तर विद्यालयको पठन–पाठनको अवस्था नाजुक बन्दै जाँदा पनि कुनै पनि समितिका पदाधिकारीहरूले पहल गर्नसकेका छैनन् । निजी विद्यालयहरूसंँग प्रतिस्पर्धा गर्नसकेका छैनन् । सामुदायिक विद्यालयमा पढाउन चौतर्फी आवाज उठे तापनि सामुदायिक विद्यालयको अवस्था देखेर कुनै पनि अभिभावकले आफ्नो बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न चाहँदैनन् । त्यसकारण विद्यायल सुधार गर्न विद्यालय व्यवस्थापन समितिलाई भंग गरी शिक्षा कार्यालय वा स्थानीय सरकारको मातहतबाट रेखदेख गर्दा विद्यालयले पूर्ण जीवन पाउने सुनिश्चित हुनेछ ।
– प्रमोद पौडेल
श्रीपुर–११, वीरगन्ज

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?