कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

वाम एकतामा बाहुन जालझेल

‘लम्बियो वाम एकता’ पढेंँ । निकै रोचक, घोचक र चतुर्‍याइँको अदृश्यता देखियो । केही महिनादेखि चमत्कारिक ढंगले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय ठूलै चर्चामा छन् । आजै हुन्छ, भोलि नै भइहाल्छ, अब हुने छाँटकाँट देखिँदैन, अब लम्बियो भन्ने गतिमा देखिन थाल्छन्, कुनै बेला वाम एकता । दुबै पार्टीभित्र दुई लाइन संघर्ष पनि चर्को रूपमा देखिन्छ । राजनीतिक र वैचारिक रूपमा दुवै पार्टीभित्र तारतम्य मिलेको देखिँदैन । यस्तो बेला कसरी हुन्छ, एकता ? दुबै पार्टीको वर्गचरित्र एउटै भइसकेको बेला एकता अपरिहार्य छ । यो एकताबाट देश र जनताको बोझ कम हुन्छ । को के हो र कस्तो छ, दोधारे मतमा रहँदैन, नागरिक । सबैका लागि एउटा बाटोको निधो हुन्छ । तर त्यो हुन्छ कि हुँदैन ? एकता भएर पनि एमाले र माओवादी केन्द्र फेरि अर्को रहिरहन्छ कि रहँदैन ? यो थप समस्या जनताको बुझाइमा छ । जनताले यस्तो समस्या इतिहासदेखि भोग्दै आएका छन् । त्यसैले यो एकतालाई धेरैले एमाले र माओवादी केन्द्र बीचको एकता ठान्दैन । केपी ओली र प्रचण्ड बीचको एकता ठान्छन् । उनीहरूबीच पार्टी एकता भइसकेको छ । बाहिर देखिएको खटपट नाटकमात्र हो । आफ्नो नेता/कार्यकर्ता टिकाउन र धैर्यतामा बाँधिन समय लम्ब्याउने गरेको छ । महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने अदृश्य विवाद एकतामा भाँजो बनेको छ । पदीय लालच दुबै पार्टीभित्र हावी भएको छ । कम्युनिष्ट पार्टीको नेतामा यस्तो सोचको विकास कसरी सतहमा आयो ? त्यसैले यतिबेला बजारमा वाम एकतालाई बाहुन एकता भन्न थालेका छन् । वैशाख ९ गते लेनिन जयन्तीको एतिहासिक दिनको अवसरमा गरिने भनिएको एकता फेरि लम्बिएको छ । अर्थात वाम एकतामा बाहुन जालझेलको सुरुवात भएको छ ।– राजेश विद्रोही लहान, सिरहा ।

वाम एकतामा बाहुन जालझेल

‘लम्बियो वाम एकता’ पढेंँ । निकै रोचक, घोचक र चतुर्‍याइँको अदृश्यता देखियो । केही महिनादेखि चमत्कारिक ढंगले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको विषय ठूलै चर्चामा छन् । आजै हुन्छ, भोलि नै भइहाल्छ, अब हुने छाँटकाँट देखिँदैन, अब लम्बियो भन्ने गतिमा देखिन थाल्छन्, कुनै बेला वाम एकता । दुबै पार्टीभित्र दुई लाइन संघर्ष पनि चर्को रूपमा देखिन्छ । राजनीतिक र वैचारिक रूपमा दुवै पार्टीभित्र तारतम्य मिलेको देखिँदैन । यस्तो बेला कसरी हुन्छ, एकता ? दुबै पार्टीको वर्गचरित्र एउटै भइसकेको बेला एकता अपरिहार्य छ । यो एकताबाट देश र जनताको बोझ कम हुन्छ । को के हो र कस्तो छ, दोधारे मतमा रहँदैन, नागरिक । सबैका लागि एउटा बाटोको निधो हुन्छ । तर त्यो हुन्छ कि हुँदैन ? एकता भएर पनि एमाले र माओवादी केन्द्र फेरि अर्को रहिरहन्छ कि रहँदैन ? यो थप समस्या जनताको बुझाइमा छ । जनताले यस्तो समस्या इतिहासदेखि भोग्दै आएका छन् । त्यसैले यो एकतालाई धेरैले एमाले र माओवादी केन्द्र बीचको एकता ठान्दैन । केपी ओली र प्रचण्ड बीचको एकता ठान्छन् । उनीहरूबीच पार्टी एकता भइसकेको छ । बाहिर देखिएको खटपट नाटकमात्र हो । आफ्नो नेता/कार्यकर्ता टिकाउन र धैर्यतामा बाँधिन समय लम्ब्याउने गरेको छ । महाधिवेशनमा कसको नेतृत्व हुने, प्रधानमन्त्रीको कार्यकाल कति–कति बाँड्ने र तत्काल दुई अध्यक्ष हुँदा कसको कार्यादेश के हुने अदृश्य विवाद एकतामा भाँजो बनेको छ । पदीय लालच दुबै पार्टीभित्र हावी भएको छ । कम्युनिष्ट पार्टीको नेतामा यस्तो सोचको विकास कसरी सतहमा आयो ? त्यसैले यतिबेला बजारमा वाम एकतालाई बाहुन एकता भन्न थालेका छन् । वैशाख ९ गते लेनिन जयन्तीको एतिहासिक दिनको अवसरमा गरिने भनिएको एकता फेरि लम्बिएको छ । अर्थात वाम एकतामा बाहुन जालझेलको सुरुवात भएको छ ।
– राजेश विद्रोही
लहान, सिरहा

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?