जनताको आस नमरोस्

२०५१ सालदेखि नै कम्युनिष्ट पार्टीलाई पनि बहुमतसाथ सत्तासिन बनाउने नेपालीहरूको इच्छा एमाले र माओवादी केन्द्र ध्रुवीकृत भई चुनावमा प्रस्तुत भएपछि मुखरित भएको छ । २०४८ सालमा तत्कालीन माले नेता मदन भण्डारीले अरू कम्युनिस्ट पार्टीको हैसियतबारे प्रश्न सोध्नु र तत्कालीन मसालले त्यो बेला जारी संविधानलाई कालो संविधान भनेर बहिष्कार गरेपश्चात् पनि कम्युनिष्ट पार्टीहरूबीच एकताका प्रयासहरू जारी भएका हुन् । तर कम्युनिष्ट पार्टीहरू बीचको टुटफुटको शृङखलामा २०५५ मा एमाले फुटी माले गठित भएको हो । दुर्भाग्यको कुरा विशेषगरी गरिब जनताको हितका लागि संगठित भई जेलनेल मात्रै होइन, जीवनसमेत उत्सर्गमा उद्यत हुने कम्युनिष्ट पार्टीका नेताहरूका लागि पार्टीको पद नै अति महत्त्वपूर्ण हुनजानु उदेकलाग्दो छ ।वाम गठबन्धनलाई मत दिने जनताले माओवादी केन्द्र र एमालेका नेताहरूको व्यवस्थापनका लागि अत्यधिक मत दिएका होइनन् । कुशासन, अकर्मण्यता, भ्रष्टाचार, जवाफदेहीहीनता, उत्तरदायित्वको अभाव, पछौटेपनको मूल कारण अस्थिर राजनीतिबाट मुक्त हुन र संविधानको मूल भावना अनुसारको राज्य स्थापनाको खातिर हो । नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूको सम्मानजनक व्यवस्थापन हुन नसक्दा सुदूर पूर्व झापा, इलाम, ताप्लेजुङ, मध्य चितवन हुँदै सुदूर पश्चिमका दसौं लाख गरिब, शोषित–पीडित जनताको व्यवस्थापनमा असर नपरोस् भन्ने आग्रह हो । समय घड्किँदो छ । ५ वर्ष बितेको पत्तै हुन्न । जनता अहिलेसम्म त सरकार प्रमुख र सदस्यहरूका क्रान्तिकारी, चाखलाग्दा अभिव्यक्तिहरू चाख मानेर सुनिरहेकै छन् । अझै आशा मार्ने बेला भइसकेको छैन, यो निराशामा नबदलियोस् ।– डा. रमेश शर्मा काठमाडौं ।

२०५१ सालदेखि नै कम्युनिष्ट पार्टीलाई पनि बहुमतसाथ सत्तासिन बनाउने नेपालीहरूको इच्छा एमाले र माओवादी केन्द्र ध्रुवीकृत भई चुनावमा प्रस्तुत भएपछि मुखरित भएको छ । २०४८ सालमा तत्कालीन माले नेता मदन भण्डारीले अरू कम्युनिस्ट पार्टीको हैसियतबारे प्रश्न सोध्नु र तत्कालीन मसालले त्यो बेला जारी संविधानलाई कालो संविधान भनेर बहिष्कार गरेपश्चात् पनि कम्युनिष्ट पार्टीहरूबीच एकताका प्रयासहरू जारी भएका हुन् । तर कम्युनिष्ट पार्टीहरू बीचको टुटफुटको शृङखलामा २०५५ मा एमाले फुटी माले गठित भएको हो । दुर्भाग्यको कुरा विशेषगरी गरिब जनताको हितका लागि संगठित भई जेलनेल मात्रै होइन, जीवनसमेत उत्सर्गमा उद्यत हुने कम्युनिष्ट पार्टीका नेताहरूका लागि पार्टीको पद नै अति महत्त्वपूर्ण हुनजानु उदेकलाग्दो छ ।
वाम गठबन्धनलाई मत दिने जनताले माओवादी केन्द्र र एमालेका नेताहरूको व्यवस्थापनका लागि अत्यधिक मत दिएका होइनन् । कुशासन, अकर्मण्यता, भ्रष्टाचार, जवाफदेहीहीनता, उत्तरदायित्वको अभाव, पछौटेपनको मूल कारण अस्थिर राजनीतिबाट मुक्त हुन र संविधानको मूल भावना अनुसारको राज्य स्थापनाको खातिर हो । नेताहरू प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूको सम्मानजनक व्यवस्थापन हुन नसक्दा सुदूर पूर्व झापा, इलाम, ताप्लेजुङ, मध्य चितवन हुँदै सुदूर पश्चिमका दसौं लाख गरिब, शोषित–पीडित जनताको व्यवस्थापनमा असर नपरोस् भन्ने आग्रह हो । समय घड्किँदो छ । ५ वर्ष बितेको पत्तै हुन्न । जनता अहिलेसम्म त सरकार प्रमुख र सदस्यहरूका क्रान्तिकारी, चाखलाग्दा अभिव्यक्तिहरू चाख मानेर सुनिरहेकै छन् । अझै आशा मार्ने बेला भइसकेको छैन, यो निराशामा नबदलियोस् ।
– डा. रमेश शर्मा
काठमाडौं

प्रकाशित : वैशाख ७, २०७५ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?