कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

राष्ट्रियताको रटान

काठमाडौँ — हृदय, वचन, व्यवहार र आचरणको तादात्म्यतासँगै नागरिकको मुहारमा देशभक्तिको भावना प्रतिविम्बित भयो भने मात्र राष्ट्रियता हुन्छ । यसका साथै धर्म, संस्कृति, संस्कार, परम्परागत सामाजिक मूल्य मान्यता, पूर्वजको त्याग, बलिदान र वीरताको कदर गर्दै मुलुक र जनताको हितमा समुन्नत मार्ग अवलम्बन गर्ने चरित्रभित्र राष्ट्रप्रेम हुन्छ ।

राष्ट्रियताको रटान

अहिले हाम्रो देश राजतन्त्रको अन्त्य, लोकतन्त्रको उदय, संघीय शासन प्रणालीको प्रादुर्भाव हुँदै संविधान कार्यान्वयनको चरण पार गरेर विकास र प्रविधिको पथमा प्रवेश गर्ने तरखर गर्दै छ । यस्तो महत्त्वपूर्ण घडीमा छिमेकीलाई सत्तोसराप गरेर, लम्पसार परेर, आफ्नो फाइदाका लागि देश र जनताको स्वाभिमान धरापमा पार्ने काम गरेर, पञ्चशील र असंलग्न नीतिविरुद्ध गतिविधि गरेर राष्ट्रप्रेम, राष्ट्रियता र स्वाभिमानको जगेर्ना हुन सक्दैन ।


सन्धि सम्झौतामा हस्ताक्षर गर्ने, कार्यान्वयनमा बेवास्ता गर्ने, आफू नगर्ने अर्कालाई पनि गर्न नदिने, ओगटी मात्रै राख्ने नितान्त स्वार्थी प्रवृत्तिसँग हाम्रो दक्षिणी मित्रता राजनीतिक दल र नेताहरूको लागि फलिफापपूर्ण भए पनि देश र जनताका लागि यसले राम्रो गर्दैन । सिमाना मिचिएको मिचियै छ । सीमामा बाँध, बाटो, तटबन्ध अनेक बहानामा देश डुबानमा परेको पर्‍यै छ । जनता प्रतिवर्ष डुबान र कटानबाट आक्रान्त हँुदा पनि राजनीतिक दलले देख्दैनन्, सरकार बोल्दैन । यसरी देशले न्याय पाउँदै नपाउने हो भने हाम्रो राष्ट्रियता कहाँ छ र कुन हो ? राणा शासनविरुद्ध प्रजातान्त्रिक लडाइँ हुँदा अग्रभागमा रही १ सय ४ वर्ष लामो एकतन्त्रीय जहानियाँ प्रणाली समाप्त पार्ने क्रममा वीरगति प्राप्त गर्ने सहिदहरूका नाममा राज्यले गर्दै आएको सम्मान, स्मृति र श्रद्धाञ्जलीलाई अहिले तिलाञ्जली दिने काम गरियो । अब नेपाली जनताले माघ महिनामा सहिद दिवस मनाउनै परेन किन ? पृथ्वी जयन्ती, राष्ट्रिय एकता दिवसको स्थान नेपाली भूमिमा मनाइने माक्र्स जयन्तीसरह भइसक्दा हाम्रो राष्ट्रियताको रटान कति सान्दर्भिक ?
– मधुसूदन ओझा
विराटनगर–३, मोरङ

प्रकाशित : वैशाख १०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?