कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लोडसेडिङमा विभेद

काठमाडौँ — लोडसेडिङको तीतो अनुभव सबै नेपालीले भोगेका छन् । तर, कुलमान घिसिङ विद्युत् प्राधिकरणमा आएपछि धेरै हदसम्म लोडसेडिङबाट मुक्ति मिलेको छ । त्यसो त गोकर्ण विष्ट, जनार्दन शर्मा र वर्षमान पुनहरूले पनि प्रयास नगरेका होइनन् । तर, धेरै जस घिसिङलाई नै गएको छ ।

लोडसेडिङमा विभेद

भनिन्छ, घिसिङ आफैं रातदिन खट्ने गर्छन् रे । तर पनि राजधानीबाहिर अद्यापि लोडसेडिङले आम जनता विशेषत: ग्रामीण भेगमा प्रताडित भैरहेका छन् । राजधानीमा लोडसेडिङ नहुने तर मोफसलका सहर र गाउँघरमा मनपरी रूपमा हुने कारण बुझ्न सकिएन ।
म हालै वीरगन्ज, सर्लाही, रौतहट जाँदा लोडसेडिङको फरकफरक अनुभव भोग्नुपुगें । वीरगन्जमा कुनै सूचना नै नदिई दिनको दुई–तीन पटक विद्युत् काटिंदो रहेछ । सर्लाही र रौतहटका गाउँघरमा त दिनकै दर्जनौं पटक लाइन आउने जाने गर्दो रहेछ । विद्युत्कै एक कर्मचारीले एक त भारतबाट चाहे जति विद्युत् नआइरहेको र अर्कोतिर ग्रामीण क्षेत्रमा धेरैले विद्युत् चोरेर बाल्ने गरेको हुनाले लाइन काट्न बाध्य भएको बताए । चोरी गर्नेहरूलाई कडा सजाय गर्नुपर्छ । तर, चुहावट बढी भो भनेर सबै गाउँघरमा विद्युत् मनलागी काट्नु उचित होइन ।
राजधानीमा विद्युत् दिंदैमा पूरै नेपालमा लोडसेडिङ अन्त भयो भनी दाबी गर्नु पनि गलत हो । राजधानीमा बस्ने मानिस मात्र नागरिक हुन् र ? सबैलाइ सबैतिर समान व्यवहार गर्न सक्नुपर्छ । अन्तमा, काठमाडौंको गोकर्णेश्वर नगरपालिका अर्थात् जोरपाटी नारायणटारतिर प्रत्येक दिन बिहान र बेलुका १० देखि ११ बजेको बीचमा करिब १० सेकेन्ड बत्ती जाने
गर्छ । किन होला ?
–गोपाल देवकोटा
गौरीघाट, काठमाडौ

प्रकाशित : वैशाख १०, २०७५ ११:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?