कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

सत्यमोहन, ९९ वर्ष र प्रेरणा

काठमाडौँ — शताब्दी पुरुष सत्यमोहन जोशीको ९९ औं जन्मदिनमा हामी तमाम नेपालीजनका तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं । एकजना सामान्य मानिस आफ्नो बलबुताबाट कतिसम्म बढ्न सक्छ भन्ने कुराको मानक तीन–तीन पटक मदन पुरस्कार लगायत थुप्रै मानसम्मान तथा पुरस्कार र प्रमाणपत्रहरूका धनी सत्यमोहन साक्षी छन् ।

सत्यमोहन, ९९ वर्ष र प्रेरणा

सत्यमोहन एउटा युग भइसकेको छ । सत्यमोहनले हाम्रो समाजलाई धेरै गुण लगाइसकेका छन् । अब उनको व्यक्तित्वबाट जीवन जिउने कला, दाम्पत्य जीवन, कला, संस्कृति, अध्ययन, अनुसन्धान तथा स्वास्थ्य, आध्यात्म तथा समृद्धिको गुह्य कुरा तमाम नेपालीले सिक्न सक्नुपर्छ । सत्यमोहनको व्यक्तित्व र जीवन जिउने कला प्रेरणादायी छ । युगपुरुष सत्यमोहनको वास्तविक सम्मान भनेको उनको जीवनका तमाम आयामको गहन अध्ययन, अनुसन्धान गरी नेपाली मानकका रूपमा तथ्यहरू केलाएर व्यवहारमा प्रयोग गर्ने वातावरण बनाउनु हो ।
– वीरेन्द्र सुवाल
व्यासी–२ महाकालीस्थान, भक्तपुर

प्रकाशित : जेष्ठ ३, २०७५ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?