कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

विश्वकप फुटबल र नेपाल

काठमाडौँ — विश्वकप फुटबल खेल सञ्चालन भइरहँदा यसबखत सारा संसारको आँखा रसियातर्फ सोझिएको छ । फुटबलका महारथीका रूपमा स्थापित भएको अर्जेन्टिनालाई बराबरीमा राख्न सफल भएकै भरमा आइसल्यान्डमा उत्सव मनाइएको छ । जर्मन विरुद्ध विजयी हासिल गरेकाले मेक्सिकोमा जनता सडकमा ओर्लिएर शुभकामना व्यक्त गरिरहेका छन् । अर्जेन्टिनालाई बराबरीमा रोकेकैले पनि स्वीट्जरल्यान्डमा दिपावली गरिएको छ ।

विश्वकप फुटबल र नेपाल

साधारण मान्छेहरूको सहभागितामा खेलिने असाधारण खेल हो, फुटबल । सीप र दक्षता भएका जोकोही मानिस फुटबल खेलमा संलग्न हुन सक्छन् । उनीहरूको खेलले राष्ट्रको मान, शान र इज्जतलाई उचाइमा पुर्‍याएको हुन्छ । यदि फुटबल खेल हुँदैनथ्यो भने आम नेपालीले अर्जेन्टिना, ब्राजिल, घाना, क्यामरुन, उरुग्वेजस्ता देशको नामसमेत थाहा पाउने थिएनन् होला । फुटबल मात्रै होइन, बिभिन्न खेलका माध्यमबाट देशको पहिचान बनाउन ठूलो मद्दत भइरहेको हुन्छ । यसबखत नेपाल पनि रंगिएको छ ।
विदेशी झण्डासहित सडकमा र्‍याली निकालिएका छन्, व्यक्तिका घर र पसलहरू खासगरी रेष्टुरेन्टहरू विदेशी झण्डाले सुसज्जित भएका छन् । सानादेखि ठूलासम्म विदेशी झण्डा अंकित पहिरनमा मस्त र ब्यस्त छन् । फुटबलले जन्माएको क्रेज हो यो । यसलाई कुनै पनि अर्थमा गलत मान्न नमिल्ला । के ती नेपालीहरू जो विदेशी टोलीको समर्थनमा विदेशी झण्डालाई चुम्दै गरिरहेका छन्, उनीहरूले कहिल्यै नेपाली झण्डालाई चुमे होलान् ? आमा जननी हुन्, मातृभूमि जन्मभूमि हो । झण्डाले मातृभूमिको प्रतिनिधित्व गरिरहेको हुन्छ ।
आमा र माटोको मायामा समृद्धि र सद्भाव फस्टाएको हुन्छ । नेपालको झण्डा बोकेर या नेपालीपनको पहिरन लगाएर आफूले चाहेको मुलुकको समर्थन गर्दा अरू प्रभावकारी हुन्थ्यो कि ? जसले आफ्नो मुलुकलाई तपसिलमा राखेर विदेशी झण्डामा आफूलाई समर्पित गर्छ, उसले नेपाली झण्डा र माटोलाई पनि उत्तिकै माया दिनसक्यो भने हाम्रो राष्ट्रियता अलिकति मुस्काउँथ्यो कि ? आफ्नो मनपर्ने टिमको पहिरनसंँगै एउटा नेपाली राष्ट्रिय झण्डासमेत खरिद गर्दै आफ्नै कोठा या बैठकमै राख्न सक्दा पनि मनभित्र अविरल राष्ट्रिय भावना पैदा हुन्थ्यो कि ?
– उत्तम पुडासैनी
जोरपाटी, काठमाडौं
***


सरकारले केही ठोस योजनासाथ फुटबलमा लगानी गर्ने हो भने भोलि नेपाली टोलीलाई विश्वकप खेल्न केही सहज हुनेछ । भोलिको पुस्ताले आजको सरकारलाई निकै सम्झनेछ । फुटबल विकासको लागि लामो समय लाग्ने रै’छ । अझ विश्वकपमा सहभागी हुन त अझ धेरै । सरकारले फुटबल विकासको बीउ छर्‍यो भनेमात्र भोलिको सरकारले बीउ हुर्काउने र बढाउनेछ । तर हाम्रा खेलकुद मन्त्री कामै नपाए जसरी भैंसी फार्म उद्घाटन जस्ता काममा लागेका देख्दा विरक्त लाग्छ । सरकारले फुटबल विकासको लागि अबको ४ वर्ष निम्न काम गरेमात्र पनि फुटबल विकासलाई ठूलो सहयोग हुने थियो ।
१) प्रत्येक प्रदेशमा कम्तीमा एउटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण ।
२) प्रत्येक मुख्य सहरमा फुटबल एकेडेमीको स्थापना ।
३) उमेर समूहको लिग र राष्ट्रिय लिगको सुनिश्चितता ।
४) खेलाडीको भविष्यको सुनिश्चितता ।
५) विद्यालयमै खेलाडी उत्पादनका लागि कार्यक्रम ।
६) निजी क्षेत्रलाई फुटबलमा लगानीका लागि प्रोत्साहन ।
– यज्ञराज अधिकारी
पोखरा विश्वविद्यालय, मासबार, पोखरा

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?