न्याय मरेको देश

काठमाडौँ — सतीले सरापेको देश नेपालमा अपराधको गहिराइको पिँधै नहुने अवस्थामा पुगेको छ । माओवादी द्वन्द्वकालमा विभिन्न बहानामा राजनीतिक खोल ओढेर गरिएका अपराधले उन्मुक्ति पाउनु सर्वथा न्यायोचित होइन ।

न्याय मरेको देश

‘निर्दोष छोराको हत्यारालाई कारबाही गर’ भन्दै न्यायको भिख माग्दामाग्दै पिता नन्दप्रसाद अधिकारीको देहावसान भयो । आमा गंगामाया पनि अब न्यायकै लागि लड्दा–लड्दै ज्यान जोखिममा पार्दैछन् । सर्वोच्च अदालतले दोषी ठहर गरेका छविलाल पौडेललाई पक्रेर जेल हाली न्याय दिनुको साटो अर्का अपराधी बालकृष्ण ढुंगेललाई समेत जेलमुक्त गरी सरकार स्वयं अपराधीहरूको संरक्षक बनेको छ । अब न्यायको आशा मरिसक्यो । दुर्बल र गरिब अनि राजनीतिक पहँुंच नहुनेहरू यसैगरी सकिनेछन्, यहाँ । आपराधिक क्रियाकलाप गर्ने जोकोही पनि न्यायको कठघरामा उभिनुपर्छ । न्याय मरेको देशमा जसको सरकार बने पनि अपराधीहरू धाकधम्की दिई खुल्लमखुल्ला अर्को अपराध गर्न तम्सेका छन् । ओली सरकार हिजोका तिम्रा सुशासन र न्यायका वाचा कता हराए ? तिम्रो परिवारको कुनै सदस्यलाई यसरी हत्या गरेको भए के गथ्र्याै ? हिजो जनयुद्धका नाममा गरिएका सबै प्रकारका अपराधलाई राजनीतिक रंग दिएर होइन, राजनीतिको आडमा अपराध गर्नेहरूलाई ढिलो नगरी कारबाही गर्नु र गंगामायालाई न्याय दिनु त कता हो कता उज्जैन श्रेष्ठका हत्यारा समेतलाई छाडेर सरकारले आफ्नो चरित्र उदांग पारेको छ । प्रतिपक्ष मौन छ । अब जनता न्याय खोज्न कहाँ जाने ? गंगामायाको ज्यान जोगाउन हामी सर्वसाधारण जाग्ने बेला भएको छ । अपराधीले उन्मुक्ति नपाओस् ।
– कुसुम न्यौपाने
मध्यबिन्दु–१०, अरूणखोला, नवलपरासी

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?