कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

भेलामा देउवाबारे छलफल

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संस्थागत गुट आफ्नै ३ भ्रातृ संस्थामा पराजित भएपश्चात हेटौंडामा हुनलागेको जिल्ला सभापतिहरूको भेलालाई धेरैले प्रतीक्षा गरिबसेका छन् । भेलाले महासमिति बैठक र महाधिवेशन छिट्टै गराउने दबाब दिने अड्कल काटिँदैछ । साथै देउवाले सरकार चलाउने सिलसिलामा गरेका जनभावना विपरीतका निर्णयमा पनि जिल्ला सभापतिहरूले आक्रोश जनाउने अड्कल काटिएको छ ।

भेलामा देउवाबारे छलफल

धेरै कांग्रेसी चुनावको मुखमा देउवाले जनभावना विपरीत निर्णय गर्दा नै कांग्रेस पार्टी शर्मनाक रूपमा हारेको बताउँछन् । जुन कुरा हेटौंडा भेलामा छलफल हुनु आवश्यक छ । यसैगरी भेलामा देउवाको नेतृत्व कांग्रेसका लागि अफाप भएको हुँदा उनले नेतृत्वबाट विश्राम लिनुपर्ने नभए उनको विकल्प पार्टीभित्र खोजिनुपर्ने कुरा पनि उठ्ने अड्कल काटिएको छ । देउवाले हालै मलेसियाको प्रधानमन्त्री मोहम्मद महाथिरको उमेरको उदाहरण दिँदै आफू अहिल्यै बुढो नभएको हुँदा सभापति पदबाट हट्ने आग्रह नगर्न भनेका छन् । उनले महाथिर ९२ वर्षका हुँदा पनि प्रधानमन्त्री हुन हुने, तर आफू ७४ वर्ष हुँदैमा बुढो भएको तर्क गर्न नहुने बताएर पदमा आसिन भइरहने संकेत दिएका छन् । सभापति देउवा उमेरले भन्दा पनि मन र कार्यशैलीले बुढो भएको, पार्टी प्रजातान्त्रिक भए पनि देउवा अप्रजातान्त्रिक तरिकाले हिँड्ने गरेको, जनभावना र पार्टी कार्यकर्ताहरूको ख्यालै नगरी हिँड्दा पार्टीलाई पहिलोबाट दोस्रो बनाएको बताउँदै देउवाकै नेतृत्व रहे कांग्रेसको भविष्य थप खराब हुने तर्क रामचन्द्र पौडेल पक्षधरले गरिरहेका छन् । जुन सत्य पनि छ ।
– गोपाल देवकोटा
गौरीघाट, काठमाडौं

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?