ओली भ्रमणको आस

काठमाडौँ — ‘चीनसँग संयुक्त संयन्त्र बनाइँदै’ भन्ने समाचार पढेपछि चीन जान लालायित भएका प्रधानमन्त्री केपी शर्मा ओली एक्कासी भारततिर हानिएको याद भयो । प्रधानमन्त्री हुनासाथ उनको सोच बनेको थियो, पहिला चीन भ्रमण गर्ने, तर परिस्थितिले उनलाई भारततिर हुत्यायो ।

ओली भ्रमणको आस

ओलीको चिन्तन भू–राजनीतिलाई सन्तुलित राख्दै अघि बढ्ने र दुबै छिमेकी मुलुकबाट उल्लेख्य सहयोग जुटाउनेतिर केन्द्रित छ र त्यसैलाई मूर्तरूप दिन भ्रमण विस्तारै गन्तव्यझैं बनेका हुन् । चीन भ्रमण गर्नुपूर्व नै भारततिर एकाएक लहसिएका ओली भारतसँगको सम्बन्धमा विगतको नाकाबन्दीले चुल्याएका तिक्तता मेटाउन हतारिए जस्तो देखिन्थ्यो । तसर्थ प्राप्त भारतीय निम्तोलाई उनले पहिलो सम्बोधन गर्दा प्रभावकारी नै हुने ठम्याइमा उनले भारततिर पहिलो पाइला बढाएको हुनुपर्छ भन्ने बुद्धिजीवीहरूको तर्क मनासिव लाग्छ । तर ओलीको यस पटकको चीन यात्रा पहिलोभन्दा थप महत्त्वपूर्ण सावित हुनसक्ने अनुमान गरिएको छ । केही सहयोगका साथ भारतले काठमाडौंसम्म नै रेल पुर्‍याउन प्राविधिक पक्ष अघि बढाइसकेको छ भने उत्तरतिरको यस पटकको भ्रमणमा चीनसँग सकेसम्म काठमाडौं हुँदै लुम्बिनीसम्म अनुदानमै रेल बनाइदिन आग्रह गर्ने रसुवा, तातोपानी लगायतका उत्तरतिरका थप नाका दोहोरो सवारी साधन चालु हुनेगरी सुचारु गराइदिन र जोड्न पहल गर्ने, कृषिमा व्यावसायिकता तथा आधुनिकीकरण र ठूला विद्युतीय आयोजनामा चिनियाँ लगानीको वातावरण तय गर्ने, विभिन्न सडक निर्माण गर्ने, यातायात तथा पारवहन सम्झौता लगायत अघिल्ला सम्झौतालाई तत्कालै कार्यान्वयन गर्न द्विपक्षीय संयन्त्र नै तयार गर्ने र तत्कालै फलिभूत पार्ने पक्षमा ओली देखिएका छन् । ओलीको कार्ड सकेसम्म छिमेकी ठूला दुवै मुलुकलाई समदूरीमा रहेको प्रमाणित गरी देखाउने, तर भित्री चाहना चिनियाँ सद्भाव र आर्थिक तथा प्राविधिक रूपमै माथिल्लो तहको हार्दिकता प्राप्त गरी देशलाई विकास र समृद्धिको खाका कोर्न आधारशिला विछ्याउन कोशेढुङ्गा सावित गर्न कूटनीतिक बल लगाई पहल गर्ने अनुमान गर्न सकिन्छ ।
– श्यामसुन्दर कुइँकेल
हाँडीगाउँ, काठमाडौं

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?