कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मन्त्रालयले स्पष्ट पार्नुपर्छ

काठमाडौँ — आउने शैक्षिक सत्रबाट कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लगाउने भन्ने कुरा चौतर्फी पिँmजिएको छ । यसमा प्रत्यक्ष संलग्न हुने विद्यार्थी, अभिभावक र शिक्षकलाई भने केही जानकारी छैन ।

मन्त्रालयले स्पष्ट पार्नुपर्छ

उनीहरू अन्योलमा छन् । आउने शैक्षिक सत्रबाट कसरी पढाइ हुन्छ ? एक दिन एउटा समचार आउँछ, अर्को दिन अर्काे, कुनलाई विश्वास गर्ने कुनलाई नगर्ने ? यो विषयमा चाँडोभन्दा चाँडो छलफल गरेर शिक्षा मन्त्रालयले धरणा के हो स्पष्ट पार्नुपर्‍यो । एक दिन एउटा कुरा गरेर अर्काे दिन अर्को कुरा गरेर विद्यार्थी तथा शिक्षकलाई रनभुल्ल पार्ने काम ठिक होइन । सबै विद्यार्थीले पढ्न सक्दैनन् भनेर विज्ञान र गणित विषयलाई अनिवार्य सूचीबाट हटाउन लागेको छ भन्ने समाचार पनि आइरहेको छ । सत्य चाहिँ के हो, थाहा छैन । कुन–कुन विषय अनिवार्य, कुन–कुन विषय ऐच्छिक हुन्, त्यो स्पष्ट पारे हुने थियो । स्कुलहरूमा अहिलेसम्म पाठ्यक्रम तालिका आएको छैन । यसले गर्दा स्कुलहरूलाई गाह्रो भइरहेको छ । विद्यार्थीले सोध्दा स्कुलहरूले जवाफ दिन सकिरहेका छैनन् । कतै भनिरहेका छन्, नयाँ पाठ्य–पुस्तक छाप्न ढिला भयो । त्यसैले पुरानै पाठ्य–पुस्तक पढाइ हुन्छ । कोही भनिरहेका छन्, पाठ्य–पुस्तक तयार भइसक्यो । नयाँ अनुसार पढाइ हुन्छ । आखिर सत्यचाहिँ के हो ? स्पष्ट पार्नुपर्‍यो ।
– पुरुषोत्तम घिमिरे
जोरपाटी, काठमाडौं

प्रकाशित : असार ५, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?